संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यमा ‘हामी नेपाली ग्लोबल’को सव च्याप्टर गठन

0
52

विश्वभर विभिन्न स्थानहरका विभिन्न कार्यका सिलसिलामा रहेका नेपाली पन र नेपाली मनहरुलाई भावनात्मक रूपमा सङ्गठीत गराई एक आपसमा भाइचारको सम्बन्ध थप मजबुत बनाउने पवित्र संकल्प राखी सन् २०१८ मा केही सामाजिक भावले ओतप्रोत प्रवासी नेपालीहरुको सक्रियतामा समाजसेवी अमृत लामाको अध्यक्षतामा (हामी नेपाली ग्लोबल) नामक विशुद्ध सामाजिक संस्थाा स्थापना गरी संस्थाले विश्वका ४२ देशहरुमा शाखा स्थापना गरी सामाजिक कार्यलाई तिब्रता दिइरहेको छ ।

संस्थाले विश्वभर छरिएर रहनुभएका नेपालीहरुको भेष, भुषा, भाषा, संस्कार, संस्कृति, साहित्य, कला, मनोरञ्जन लगायत विभिन्न सामाजिक क्षेत्रमा संस्थाले काम गर्दै आएको अमृत लामाले बताउनुभएको छ ।

यस संस्थाले अमेरिका च्याप्टर हुँदै अमेरिका भित्रका न्युयोर्क, क्यालिफोर्निया सहित सव च्याप्टर गठन गर्ने क्रममा यही जुन १ तारिकका दिन न्युयोर्क राज्य नजिकै रहेको कनेक्टिकट राज्यमा पनि डा. जित भण्डारीको अध्यक्षतामा १७ सदस्यीय सव च्याप्टर गठन गरेको छ । उक्त केन्द्रका अध्यक्ष अमृत लामाको प्रमुख आतिथ्य तथा अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा ज्ञानु श्रेष्ठ, विष्णु विक्रम खड्का, मुना तिवारी, रामचन्द्र श्रेष्ठ, अमेरिका च्याप्टरका अध्यक्ष शोभाकान्त पाण्डे, राज श्रेष्ठ लगायतका विभिन्न व्यक्तिहरुले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

अमेरिका च्याप्टरका महासचिव सूर्य सिंखडाद्वारा सञ्चालित उक्त कार्यक्रममा न्युयोर्क च्याप्टरका अध्यक्ष वीरेन्द्र जङ्ग केसीले स्वागत मन्तव्य पस्कनुभएको थियो भने आमन्त्रित व्यक्तिहरु सुप्रीना सिंखडा, रोमा पन्त ढकाल र कविता शर्माले खादा लगाएर सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रममा कवि एवम् गीतकार प्रकाश सुवेदीले दर्शक र श्रोताहरुमाझ आफ्ना रचनात्मक प्रस्तुति पस्कनुभएर कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here