नेदरल्याण्ड विरुद्धको खेलमा नेपाल १ सय ६ रनमै अलआउट 

0
80

टेक्सासमा जारी टि २० विश्वकप अन्तरगतको आजको खेलमा नेपाल सुरुवाती चरणबाट नै विकेट गुमाउँदै १०६ रनमै अलआउट भएको छ। टेक्सासको ग्रान्ड प्रियरी स्टेडियममा जारी नेदरल्याण्ड विरुद्धको खेलमा नेपाल १०६ रन सहित अल आउट भएको हो ।

अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रियरी स्टेडियममा जारी खेलमो नेदरल्याण्ड विरुद्धको खेलमा नेपालले सुरुवाती चरणबाट नै विकेट गुमाउन पुग्दा खेल अवधीभर खेलाडी र नेपाली दर्शकले चुनौती महशुष गरेका थिए ।

टस जितेको नेदरल्याण्ड विरुद्ध नेपाल ४ बल खेल्न बाँकी छदा १०६ रनमै अलआउट भएको हो ।

१५ हजार दर्शक क्षमताको ग्रान्ड प्रियरी स्टेडियममा क्यालिफोर्निया, न्यूयोर्क लगायतका विभिन्न राज्यबाट उपस्थित नेपाली दर्शक नेपाल अल आउट भएपछि निरास बनेका छन् । पञ्चेवाजा, नेपाली टोपि र जर्सी सहित खेल मैदान पुगेका हजारौं नेपालीहरुको विश्वास पनि बलियो देखिन्थ्यो तर खेल सोचे अनुरुप अघि बढ्न सकेन । लगातारको पानीले भिजेको खेल मैदानमा खेल सुरु हुन केही समय लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here