संयुक्त राज्य अमेरिकाको पेन्सेलभेनिया राज्यको चेस्टरको डेलावेयर काउन्टी वेस्ट फोर्थ स्ट्रीट (गल्ली) को भवन नं. २६०० मा बिहान ८:३० बजे लिनेनको एक कार्यशालामा ५ जनालाई गोली हान्दा दुई जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । जिल्ला न्यायधिवक्ता ज्याक स्टोलस्टिमरका अनुसार पत्रकार सम्मेलनमा क्रममा असन्तुष्ट रहेका एक जना कर्मचारी लिनेन पसलमा पसेर ५ जना सहकर्मीहरूलाई गोली हानेका थिए । घाइतेमध्ये २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई क्रोजर (चेस्टर मेडिकल सेन्टर) चिकित्सा केन्द्रमा भर्ना गरिएको त्यहाँको सी.बी.एस्. समाचारले सार्वजनिक गरेको छ । चेस्टरका नगर प्रमुख स्टेफन रुट्सले भने पत्रकार सम्मेलनमा पीडितमध्ये एक व्यक्ति पर्यवेक्षक रहेका थिए । गोली हान्ने व्यक्तिलाई डेलावेयर काउन्टीमा प्रहरीले पक्राउ गरेको बताएको छ ।
ताजा पोष्ट
भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा
अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६।
भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...
परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा
अर्जुन प्रधान
काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...
हैरिसबर्गमा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सम्पन्न
अर्जुन प्रधान
हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको...












