अमेरिकामा प्रथम विद्वत् धर्मसभा

0
38

विश्व भूटानी हिन्दु संगठनअन्तर्गत रहेको वैदिक निर्णायक समितिको आयोजनामा ओम सेन्टर दिव्यधाम ओहायोमा मई ४, २०२४ शनिवार एक ऐतिहासिक प्रथम विद्वत् धर्मसभा सम्पन्न भएको छ । उक्त धर्म सभामा परम श्रद्धेय श्रीवासुदेवशरणजी महाराज, श्रद्धेय स्वामी श्रीकेशावाचार्यजी, श्रद्धेय स्वामी श्रीदामोदराचार्यजी, श्रद्धेय स्वामी श्रीकृष्णप्रपन्नजी तथा क्यानाडाबाट श्रद्धेय स्वामी श्रीसुदर्शनाचार्यजी र डा। खेमप्रसाद नेपालको उपस्थिति रहेको थियो । यसका साथै आमेरिकाको १० वटाभन्दा बढि शहरहरूबाट १०० भन्दा धेरै गुरु, पुरोहित, पण्डित, आचार्य, विद्वान्, विदुषीहरू एवं समाजका विशिष्ट व्यक्तित्त्वहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

दीप प्रज्ज्वलनसँगै उपस्थित सम्पूर्ण गुरुजनले स्वस्तिवाचन गरी सुरु गरिएको यस धर्मसभामा उपस्थित विद्वज्जनको स्वागत संस्थाका उपाध्यक्ष आचार्य श्रीखिम खतिवडाले गर्नुभएको थियो । यसरी नै यस सभाको अध्यक्षता संस्थाका अध्यक्ष श्रीकमल धिमालजीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन संस्थाका बोर्ड चियर श्री नारद अधिकारीले गर्नुभएको थियो । यस सभाका प्रमुख अतिथि समाजकै वयोवृद्ध विद्वान् पं. श्रीपद्मनाभ (पशुपति) खनालजी हुनुहुन्थ्यो ।

संस्थाको वैदिक निर्णायक समितिका संयोजक पं। श्रीहरि फुयालजीले यस धर्मसभाको आवश्यकता र औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने अध्यक्ष श्रीकमल धिमालजीले भुटनीजहरुको विगत र वर्तमानमाथि चर्चा गर्दै विभिन्न चुनौति र अवसरहरूका विषयमा प्रेजेन्टेसनका माध्यमबाट स्पष्ट पार्नुभएको थियो । यसै क्रममा उहाँले विश्व भूटानी हिन्दू संगठनको वर्तमान कार्ययोजनामाथि प्रकाश पार्दै ओम सेन्टर दिव्यधामको आवश्यकता, स्थापना र यसका भावि योजनाका सम्बन्धमा पनि प्रेजेन्टेसनका माध्यमबाट स्पष्ट पार्नुभएको थियो ।

पुनर्वासपछि विभिन्न राष्ट्रमा छरिएर रहेका हामी वैदिक धर्मावलम्बी नेपालीभाषी भुटानीहरू कसरी एक भएर हाम्रा धरोहर (भाषा, धर्म, संस्कार, संस्कृतिलगायत विभिन्न स्थानहरूमा स्थापित मठमन्दिरहरूको संरक्षण र संवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मञ्चासीन सम्पूर्ण स्वामीजीहरू तथा विद्वज्जनले आ(आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । उपस्थित विभिन्न विद्वज्जनद्वारा गरिएको लामो चर्चा(परिचर्चापछि उक्त धर्मसभाले निम्न निर्णयहरू गरेको छ ।

१. उक्त धर्मसभामा विभिन्न सम्प्रदायका स्वामीजी महाराजजीहरू, विद्वान् विदुषीहरू र यसका अनुयायीहरूले आ(आफ्नो सम्प्रदायको अस्तित्वलाई कायम राखी एकअर्कालाई सम्मान, सहयोग र सद्भावका साथ वैदिक सनातन धर्मको संरक्षण, संवर्द्धन र विकासका लागि एक भएर अघि बढ्ने निर्णय भएको छ ।

२. भुटानीहरुको वैदिक सनातन धर्मका अनुयायीहरूका घर(घरमा, समाजमा र विभिन्न संगठनहरूमा उठेका प्रश्नहरू र धर्मअन्तर्गत छाएका अन्योलतालाई निकास दिनुका साथै देश, काल र परिस्थितिअनुरुप हाम्रा युवा पुस्तालाई धर्मको मर्म एवं भावनालाई बुझाउँदै र सिकाउँदै अघि जान विश्व भूटानी हिन्दु संगठनअन्तर्गत रहेको वैदिक निर्णायक समितिले यस वैदिक विद्वत् धर्मसभाबाट पूर्णता पाएको छ । पं. श्री हरि फुयालको संयोजकत्वमा गठित १५ सदस्यीय समितिले भविष्यमा पनि यस्ता ऐतिहासिक धर्मसभालाई निरन्तरता दिनेछ र समितिले आवश्यकताअनुसार समय(समयमा विद्वत् धर्मसभाको आयोजना गर्दै जानुका साथै समाजमा उठ्न सक्ने विभिन्न प्रश्न एवं जिज्ञासाहरूको समाधान गर्न शास्त्रीय प्रमाणसहित उपयुक्त पहल गर्ने सर्वसम्मतिले निर्णय गरेको छ ।

३. विश्व भुटानी हिन्दू संगठनले केहि महिना अगाडी घोषणा गरेको २०२५ मा हुने विश्व शान्ति महायज्ञमा यस धर्मसभामा सम्पूर्ण उपस्थित स्वामी, महाराज, आचार्य, पण्डित एवं पुरोहितहरूको सहमति र सहयोग गर्ने र यस ऐतिहासिक यज्ञलाई सफल पार्ने निर्णय गरिएको छ भने उक्त महायज्ञमा १०८ श्रीमद्भागवतमहापुराण, चार वेद र अन्य विभिन्न धर्मग्रन्थहरूको समेत पाठपाराण तथा सङ्गीतमय कथ प्रवचन हुनुका साथै सामुहिक महायज्ञमा पञ्च कुण्डीय हवन, एक करोड दिप प्रज्ज्वलन र १०८ शङ्खनाद समेत गरिने निर्णय भएको छ ।

उक्त धर्मसभामा उपस्थित स्वामी श्रीकेशावाचार्य, श्रीदामोदराचार्य, श्रीकृष्णप्रपन्न, श्रीरामानुजाचार्य र क्यानाडाबाट स्वामी श्रीसुदर्शनाचर्यलाई विश्व भूटानी हिन्दु संगठनले ‘धर्म(संवाहक’ उपाधिले अभिनन्दन गर्नुका साथै संस्थाको सम्मानार्थ सदस्यता समेत प्रदान गरेको छ ।

परम श्रद्धेय श्रीवासुदेवशरण महाराज, स्वामी वासुदेवाचार्य, स्वामी गोविन्दाचार्य, स्वामी भागवताचार्य, स्वामी कृष्ण प्याकुरेलजी, पण्डित शिवप्रसाद पोख्रेल, पण्डित महेश्वर रेग्मी र वयोवृद्ध विद्वान् पं. श्रीपद्मनाभ खनाललाई यस अघि नै अभिनन्दनका साथ सम्मानार्थ सदस्यता प्रदान गरिएको कुरा संस्थाका अध्यक्षले जानकारी गराउनुभएको थियो ।

यसका साथै, २०१७ सालदेखी विश्व भुटानी हिन्दु संगठन अन्तर्गत वैदिक निर्णायक समिति र पञ्चाङ्ग निर्माण समितिसँग आबद्ध समाजका विद्वान् तथा विदुषीहरूले दिएको योगदानको उच्च मुल्याङ्कन गर्दै यस धर्मसभामा सम्मान गरिएको थियो ।

धर्मसभामा आचार्य श्रीदेवी खनाल र आचार्य श्रीहरि निरौलाद्वारा लिखित तथा विश्व भुटानी हिन्दु संगठनद्वारा प्रकाशित ‘प्रारम्भिक-संस्कृत-सम्भाषण-सोपानम्’ संस्कृत पुस्तकको विमोचन पनि गरिएको थियो । लेखक श्रीदेवी खनाल र आचार्य श्रीहरि निरौलाको सहयोगमा संस्थाद्वारा संस्कृत अध्यापन शिविरको सञ्चालन यथाशीघ्र गरिने भएको छ ।

विश्व शान्ति महायज्ञ २०२५ को सफलताको कामना सहित यज्ञ सङ्कल्पकर्ता साथै सहसंकल्पकर्ताहरूको उद्घोष गरिनुका साथै यस ऐतिहासिक प्रथम धर्मसभामा उपस्थित सम्पूर्ण विद्वान् एवं विदुषीहरूलाई विश्व भुटानी हिन्दु संगठनका तर्फबाट कोषाध्यक्ष श्री इन्दिरा प्याकुरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here