यात्रुबाहक बस दुर्घटनामा टी.यूका प्रा.डा. गोविन्द रिजालको मृत्यू, तिन घाइते

0
74

यात्रुबाहक बस दुर्घटनामा टी.यूका प्रा.डा. गोविन्द रिजालको मृत्यू, तिन घाइते

आइतबार दिउँसो २:४५ बजे रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ ख. २०२७ नम्बरको यात्रुबाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका जिल्ला काठमाण्डौ टोखा न.पा. वडा नं. ८ जाल्पा चोक बस्ने बर्ष ४२ का त्रिभुवन विश्व विद्यालयका प्रा.डा. गोविन्द रिजालको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा अ.३:१० मा मृत्यु भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन् । छ भने अन्य तीन घाइतेको उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा बैतडी घर भई कीर्तिपुर बस्ने वर्ष २४ का डम्बर पन्त, वर्ष २४ की बिमला श्रेष्ठ र बसका चालक वर्ष २७ का रमेश लामा रहेका छन् ।  लामाको राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहको जानकारी प्राप्त भएको छ । दुर्घटना हुँदा डा. गोविन्द रिजालको मृत्यु भएको छ भने अन्य ३ जना यात्रु घाइते भएका छन् ।

डा. रिजाल त्रिभुवन विश्वविद्यालय, कृषि अध्ययन संस्थानका आंशिक प्राध्यापक थिए । मिजासालो स्वभावका डा. रिजाल सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर थिए । उनले भुटानी शरणार्थी शिविरमा रहेका हजारौं व्यक्तिहरुलाई आफूले सकेको योगदान गर्दै आएका थिए । फुड बैंक मार्फत उनले केही समय अगाडी मात्र काठमाडौंका सडकपेटी, पुलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका सयौं गरीब दुःखीलाई रात्री भोजन गराएका थिए ।

भुटानी स्रस्टा, लेखक तथा साहित्य अनुरागिहरूले रिजालको आत्माको चिर शान्तिको लागि श्रद्धासुमन आदनप्रदान गरिरहेका छन् । उनको दुःखद निधनले भुटानीहरु शोक व्यक्त गरिरहेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here