समाजसेवी विपिन भट्टराइको जन्मोत्सवमा गरीबलाई भोजन सेवा

0
434

उद्यमी, व्यवसायी एवम् युवा समोजसेवी विपिन भट्टराइले आफ्नो जन्मोत्सवको अवसरमा काठामाडौंका सडकपेटी, पूलमूनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य हुनुभएका १०८ जना मानिसहरुलाई यही माघ १३ गते रातको एक छाक तातो खाना खुवाएका छन् ।

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ४ सालुका कुशल लेखक, अध्यात्मिक चिन्तक एवम् युवा समाजसेवी प्रदिप घिमिरेले कोरोना समयदेखी काठमाडौंमा भोजन सेवा सञ्चालन गरिरहेका छन् । प्रदिपले चार वर्षदेखी काठमाडौंमा खाना, नाना र छानाबाट वञ्चित भएका अत्यन्तै दुःखी गरीब जो सडकपेटी, पूलमूनी र ढलको पाइपभित्र पुष माघको कठ्याङ्ग्रिँदो चिसोमा सुत्न बस्न बाध्य छन् उनीहरुलाई तातो खाना, नाना र छानाको साथै उनीहरुलाई पुर्नस्थापना गर्ने कार्यमा दत्तचित्त भएर काम गरिरहेका प्रदिपले सञ्चालन गरेको भोजन सेवा कार्यमा विपिन भट्टराइले आफ्नो जन्मोत्सको शुअवसरमा रातको खाना खुवाएका छन् । प्रदिपले घरबारविहीन भएर बसेका मानिसहरुलाई दैनिक रातको ८ बजे देखी १२ बजेसम्म आफैंले पकाएर आफैंले भोजन सेवा गराउने गरेका छन् । उनले सञ्चालन गरेको भोजन सेवामा स्वदेश तथा विदेशमा आशिन व्यक्तिहरुले जन्मोत्सव, विवाहउत्सव, अन्नप्राशन, पितृहरुको स्मृती तथा स्वस्फूर्त रुपमा सहयोग गर्ने गर्दछन् । मनकारी व्यक्तिहरुले दिएको दानबाट भोजन सेवा सञ्चालिन छ । भोजन सेवा जस्तो पवित्र दानमा आफ्नो जन्मोत्सवमा विपनले आर्थिक सहयोग गरेका थिए ।

सकारात्मको सोचका धनी विपिनको जन्म वि.सं. २०४५ साल माघ ८ गते श्री स्वस्थानी पूर्णिमाको दिन माता डोरलक्ष्मी भट्टराई र पिता अच्युत प्रसाद भट्टराइको कोखबाट प्रथम सन्तानको रुपमा सर्लाहीको लालबन्दीमा जन्मिएका हन् । उनको बाल्यकाल रामेछापको बावियाखर्क, सामलिस्थान र सर्लाहीको लालबन्दिमा बित्यो । उनी सानामा केही गरौं भन्ने तिक्ष्ण स्वभावका थिए । उनले सालुको सामसिस्थान स्कुलबाट कक्षा ३ सम्म शिक्षा हाँसिल गरे । कक्षा ४ र ५ लालबन्दीको एभरेष्ट बोडिंग स्कुलमा अध्ययन गरे भने कक्षा ६ देखी कक्षा ८ सम्मको शिक्षा रामेछापको गौरीशंकर मा.वि.मा अध्ययन गरे । तत्पश्चात पुन सर्लाही जिल्ला अन्र्तगत लालबन्दीको जनज्योति मा.वि.बाट कक्षा ९ देखी स्नातक सम्मको अध्ययन गरे ।

स्नातक अध्ययन गर्दै गर्दा रामेछापको मन्थलीमा होटल व्यवसाय सञ्चालन गरेका थिए । उनले होटल व्यवसायमा सफलता हासिल गर्न असमर्थ भए । फरक फरक काम गर्न मन पाराउने विपिन कृषि व्यवसायमा आकर्षित भए । कृषि व्यवासय अन्र्तगत उनले तरकारी तथा फलफूल उत्पादन व्यवसाय गरेको थिए । तरकारी तथा फलफूल उत्पादन व्यवसायमा उनले आशिंक सफलता हाँसिल गरे । यसका अलावा विपिनले कुरियर सेवा र इन्टरनेट व्यवसायमा लगानी गरेका थिए । विपिनले कुरियर सेवा र इन्टरनेट व्यवसायबाट राम्रो सफलता हाँसिल गरे ।

विपिनले कुरियर इन्टरनेट व्यवसायमा राम्रो सफलता हाँसिल गरेकै कारण निर्जिवन बिमामा रोगजारी पाए । जब निर्जिवन बिमामा रोजगरी गर्न थालेको केही वर्ष अन्तरालमा २०७६ सालमा सज्जला खतिवडासंग लगनगाँठो कँसेका थिए । समाजसेवी एवम् सकारात्मक सोचका धनी विपिन र सज्जलाको कोखबाट २०७७ सालमा विप्रन्सा भट्टराइको जन्म भयो । जब विपिनको गृहमा लक्ष्मीको रुपमा विप्रन्साको आगमन भयो तब विपिनलाई धेरै ठाँउमा सफलता हात पर्दै गयो ।

विपिन २०६६ सालदेखी हालसम्म रामेछाप जिल्लाको मन्थली नगरपालिकालाई आफ्नो कर्मभूमी बनाएर बसिरहेका छ्न् । विपिन हाल बैंक तथा वित्तिय संस्थामा आवद्ध भई विमा वित्तिय साक्षरता लगायतका कार्यहरु पनि सञ्चालन गर्दै आएका छन् ।

विपिन विभिन्न समाजिक संस्थामा आवद्द रही परोपकारी कार्य गदै आएका छन् । विपिन सामेछापका सहयोगी मनहरु (रासम) र रामेछाप काठमाडौं श्रृजनशील समाज रामेछाप जिल्ला अध्यक्षको जिम्बेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका छन् ।

सकारात्मक सोचका धनी विपिन साना किसान तथा गरीब, दुःखीहरुको आय आर्जनमा वृद्धी गराई उनीहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्नको लागि दत्तचित्त भएर लागिपरेका छन् । उनले बिकट हिमाली क्षेत्रमा उत्पादन भएका उत्पादनहरुलाई पहाड र तराईमा पुर्याई हिमाल, पहाड र तराइलाई अर्थिक आयआर्जनमा जोड्ने र हिमाल, पहाड र तराई बीचको विभेद निर्मूल पार्ने पवित्र संकल्पका साथ काम गरिरहेकाछन् । उनी हरेक कुरामा सकारात्मक सोच राख्दछन् । उनी शाहाकारी हुन् । सकारात्मक सोच राख्ने विपिन समस्यामा परेका मनिसहरुलाई सहयोग गर्न कहिल्यै पनि पछि हट्दैनन् । उनी आम नेपाली युवाका लागि मार्गदर्शक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here