गुरुङ एकता समाजको आयोजनामा क्यानडामा तमु ल्होसार भव्यताका साथ सम्पन्न

0
133

नविन प्रभात /क्यानडा

बौद्ध धर्मावलम्बीहरुको महान पर्व मध्ये तमु ल्होसार लण्डन ओण्टारियोमा भव्यताका सम्पन्न भएको छ । गत जनवरी ७ तारिकमा एकता समाज लण्डन ओण्टारियोले आयोजना गरेको कार्यक्रममा बौद्ध धर्मावलम्बीहरु बाहेक अन्य समुदायको पनि उल्लेखनीय उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा गायन र नृत्यका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी तमु ल्होसार पर्व मनाइएको थियो । कार्यक्रममा आफ्नो नृत्य टोलि लिएर गएकी गुना डान्स क्लबकी नृत्य प्रशिक्षक सुकु राइले बताएकी छिन् ।

कार्यक्रममा सहभागी नृत्यकर्मी तथा गायकहरुलाई प्रोत्साहन स्वरुप अन्त्यमा मेडल प्रदान गरिएको सुकु राईले ग्लोबल पोष्टलाई जानकारी गराएका छन् । गुरुङ एकता समाज बिगत ८ बर्ष देखि लण्डन ओन्टारियोमा स्थापना भएको गैरनाफामूलक समाजिक संस्था हो । गुरुङ एकता समाज सन् २०१६ मा सामाजिक सेवाको लागि संथापना भएको सामाजिक संस्था हो ।

यस संस्थाले स्थापना काल देखी नै यो सास्कृतिक तथा सामाजिक कार्यक्रमहरु गर्दै आएको उक्त संस्थाका उपाध्यक्ष लाल लेगाईं गुरुङले बताएका छन् । उहाँले थप्दै कोरोनाकाल अघिको समयमा समाजका बालबालिकाहरुलाई खेलकुद लगायतका गतिविधिहरुमा सक्रिय सहभागी गराएको बताएका छन् ।

यसका साथै विभिन्न ठाँउका युवाहरु माझ फुटबल प्रतियोगिताहरु आयोजना गरेको र यी कार्यक्रमहरुलाई भविष्यमा पनि निरंतरता दिने प्रतिबद्धता उपाध्यक्ष गुरुङले जाहेर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here