अमेरिकाको कोलोराडोमा NRNA द्वारा अन्तर्राष्ट्रिय नारी दिवस मनाईने

0
408

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाद्वारा यस वर्ष ११४औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमका गरी मनाउने भएको छ । हरेक वर्षको मार्च ८ का दिन मनाइँदै आएको ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस यस बर्ष कोलोराडो च्याप्टरको समन्वयमा मनाउन लागिएको NRNA NCC USA का महिला संयोजक सुनिता खत्रीले जानकारी गराउनुभएको छ ।

कार्यक्रम मार्च ९ का दिन कोलोराडो स्थित नेपाली घरमा बिभिन्न कार्यक्रमका साथ मनाउने गरि तयारी भईरहेको छ । “महिलामा लगानी गरौ, प्रगतिलाई गति दिऔ “भन्ने मुल नाराका मनाउन लागिएको उक्त कार्यक्रम राष्ट्रिय स्तरको हो । कार्यक्रमको लागि NRNA NCC USA तथा कोलोराडो च्याप्टरको तर्फबाट तयारी शुरु गरिएको छ ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका पदाधिकारीहरु, अगुवा महिलाहरु एवम् विभिन्न विज्ञहरुको सहभागिता रहने कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले बताउनु भएको छ । महिलाहरूको सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनीतिक उपलब्धीहरुलाई संस्थागत गर्ने उद्देश्यले नितन्तर रुपमा हरेक वर्ष नारी दिवस मनाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here