अध्यागमन विधेयक तथा शरणार्थी मामलासम्बन्धी कार्यक्रम सम्पन्न

0
248

इन्हुरेड इन्टरनेशनल र युएनएचसीआरको आयोजकत्वमा आज माघ ८ गते होटल एलो प्यागोडामा अध्यागमन विधेयक तथा शरणार्थी मामला, कानूनी समीक्षा एवम् परामर्श सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई सविना ढकालले सञ्चालन गरिकी थिइन । भने डा. गोपाल सिवाकोटीले अध्यागमन सम्बन्धी कानूनलाई संशोधोन र एकीकरण गर्न बनेको विधेयक एवम् शरणार्थीहरुले भोग्न परेका विभिन्न समस्या, चुनौती र निराकरणका विविध उपायहरु बारे विषयगत रुपमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

करिब १३ वटा देशबाट नेपालमा बसोबास गरिरहेका शरणार्थीमध्ये तिव्यतीयन शरणार्थी, भुटानी शरणार्थी, रोहिङ्गा शरणार्थी लगायत विभिन्न देशका शरणार्थीहरुले आफूले भोगेका समस्याबारे आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा महान्यायधिवक्ता कार्यलय, राष्ट्रिय मानव अधिकार आयोग अन्य विभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालयबाट पतिनिधत्व रहको थियो । उक्त कार्यक्रममा भने खाना, नाना, छाना र पूर्नवासको लागि काम गरिरहका युवा समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’ उपस्थित भएका थिए । उपस्थित विभिन्न व्यक्तिहरुले शरणार्थी समस्याको दिगो समाधानका लािग आआफ्नो धारणा राखेका थिए ।

लामो समयदेखी नेपालमा हरेका शरणार्थी मध्ये भुटानी शरणार्थीको संख्या ठूलो रहेको छ । हजारौंको संख्यामा पूर्नवासका लागि अष्ट्रेलिया, अमेरिका, क्यनाडा लगायतका देशहरुमा शरणार्थीहरु सेटलमेन्ट भइसके पनि अझै हजारौं मानिसहरु शिविरमा बस्दै आएका छन् । उनीहरुको भविश्य के हुने हो भन्ने बारे नेपाल सरकारले अझै पनि विशेष ध्यान पुर्याउन सकेको अवस्था छैन । भुटानी बाहेक अन्य नौ देशबाट अस्थायी बसोबास गर्दै आएका नागरिकको पीडा पनि उत्तिकै पीडादायी रहको विज्ञहरु बताउँछन् ।

शरणार्थी भनेर कमजोर ठान्नु हुँदैन । नेपालमा हरेक विपद आइलग्दा पूर्नवासका क्रममा विदेशिएका तिनै शराणार्थीहरुले नेपाललाई ठूलो सहयोग उपलब्ध गराउँदै आएका छन् । पुर्नवासका सिलसिलमामा युरोप अमेरिका रहेका व्यक्तिहरुले नेपालमा विभिन्न संघ संस्था तथा दुःख र पीडामा परेका जो नेपाली पन र नेपाली मनहरुलाई आफूले सकेको सहयोग गर्दै आएका छन् । उक्त कार्यक्रममा फूड बैंक नेपालका सञ्चालक युवा समाजसेवी प्रदिप घिमिरेले खाना, नाना, छाना र पूर्नवासको लागि सक्दो प्रयास जारी राखेका छन् । पुर्नवाशपश्चात समाजसेवीहरुले नै शरणार्थी, विभिन्न दैवी प्रकोप तथा शरणार्थी जीवनयापन गरिरहका व्यक्तिहरुलाई सक्दो सहयोग गर्दै आएको कुरा सबैसामु सर्वविदीतै छ । तिनै पूर्नवासका लागि युरोप अमेरिका रहेका शरणार्थीहरुले विभिन्न कला, साहित्य, संस्कृति लगायत घरबारविहीनहरुलाई रात्री भोजन गराउँदै आएका प्रदिप घिमीरेले ग्लोबल पोष्ट इन्फो युएस्लाई शरणार्थी र विभिन्न शहरहरुका सडकपेटी, पूलमुनी र ढलको पाइपभित्र भोक भोकै बस्न बाध्य भएका मानिसहरुको कारुणीक अवस्थाबारे जानकारी दिएका थिए । उनी जस्ता धेरैले समाजसेवामा आफ्नो हातहरु फैलाउँदै आएका छन् ।

अन्तमा डा. गोपाल सिवाकोटीले शरणार्थी भनेर हामीले कसैलाई पनि कमजोर ठान्नु हुँदैन । मानिस नचाहँदा नचाहँदै पनि शरणार्थी जीवन यापन गर्न बाध्य हुन्छ । कसैको रहन नभएर बाध्यता हुन सक्छ । यसबारे नेपाल सरकारको विशेष ध्यानाकर्षण हुन जरुरी छ । विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइन पनि अमेरिकामा शरणार्थीको रुपमा बसेका व्यक्ति हुन् । यस्ता हरेक बहुआयामिक बहुप्रतिभाशाली व्यक्तिहरु शरणार्थीको रुपमा नेपाल आएका छन् । उनीहरुको लागि नेपाल सरकारले बेलैमा ध्यान दिन जरुरी रहेको भन्दै आफ्नो धारणा व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here