समाजसेवी मेघ सुवेदी र सञ्जित भण्डारी अभिनित ‘साथी’ म्यूजिक भिडियो सार्वजनिक

0
892

यम बराल र विश्व नेपाली संयूक्त आवाजमा ‘साथी’ गीतको म्यूजिक भिडियो यही चैत्र ३ गते बुधबार काठमाडौंको विश्वज्योती हलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । यस गीतमा किरण के उप्रेतीको शब्द तथा पुष्कर सुनुवारको एरेन्ज र सङ्गीत गरेका छन् भने विप्लव अधिकारीको रेकर्ड र मिक्सिङ रहेको छ ।

यस गीतको भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीको अभिनय रहेको छ ।यस भिडियोमा बाल्यावस्था देखि वयस्कसम्मको साथी साथी बीचको कथालाई प्रस्तुत गरिएको छ । यस गीतको भिडियोमा कुवेर तामाङले निर्देशन गरेका छन् भने भिडियोमा मेग सुवेदीको कन्सेप्ट रहेको छ । बुद्ध थापा एन्ड टिमको छायाङ्कन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, उत्सव पौडेलको स्क्रिप्ट रहेको छ । साथी गीतको भिडियोमा मोहन सुनुवारको सहायक निर्देशन रहको छ भने निर्मल न्यौपानेले प्रोडक्सन डिजाइन गरेका छन् ।
साथी गीतलाई सेजल एन्ड सिस्टरको प्रस्तुतिमा निर्माण रहेको छ भने उक्त गीतको भिडियो Sejal & Sister News & Entertainment युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

केही चलचित्रमा समेत काम गरिसकेका अभिनेता सन्जीत भण्डारीले साथी आम दर्शकका लागि फरक अनुभव हुने बताएका छन्् । सन्जीत भण्डारीले अभिनय गरेको ‘चिठ्ठी’ नामक चलचित्र आउँदो जेठमा रिलिज हुने बताएका छन् । मेग सुवेदी भन्छन्ः आत्मीय साथीको सम्बन्धलाई बेजोड प्रस्तुत गर्ने भएकाले साथी गीतले आम मानिसको आत्मकथालाई प्रतिनिधित्व गर्दछ । साथ गीतका मोडेल मेग सुवेदीले पहिलो पटक अभिनय गरेका हुन् ।

व्यावसायीक एवम् समाजसेवीको रुपमा ख्याती कमाएका मेग सुदेदी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । विगत ८ वर्षदेखी समाजसेवा जस्तो परोपकारी कार्यमा आफूलाई परिचीत गराउँदै आउनुभएका सुवेदी, सहयोग गर्नकै निमित्त अमेरिकोदखी नेपाल आई केही महिना अगाडी जाजरकोटमा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउने मृतकका १६० परिवारलाई नगद रु १५ हजारको दरले २४ लाख सुवेदीले आफ्नै हातबाट नगद सहयोग हस्तान्त्रण गर्नुभएको थियो भने त्यहाँ भएका घाइतेहरुको उपचारार्थ अन्दाजी १८ लाख सहयोग हस्तान्त्रण गरेका थिए ।

जाजरकोटबाट फर्के लगतै झापा गई शरणार्थी शिवरमा पुष माघको कठ्याङ्ग्रिँदो चिसोबाट बचाउनको लागि २ हजार घरधुरीलाई ३५ लाखको २ हजार थान ब्लाङ्केट आफ्नै हातबाट हस्तान्त्रण गरेका थिए ।

वरिष्ठ समाजसेवी एवम् जिउँदा देवाता मेघ सुवेदीले बर्षौदेखी काठमाडौंमा ३ वटा अनाथालयलाई मासिक ३ लाख सहयोग प्रदान गर्दै आएका छ । भने कोभिड १९ को शुरुवाती चरणदेखी काडमाडौंमा विभिन्न सडकपेटी, पूलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य हुनुभएका गरीब, दुःखी, वृद्ध, शारीरिक तथा मानसिक अवस्था असामान्य भएका व्यक्तिहरुलाई रातको खाना खुवाउँदै आएका भोटुः इन्दिरा समाज कल्याण संस्थाका सचीव लेखक, अध्यात्मिक चिन्तक, सामाजसेवी प्रदिप घिमिरे र अमेरकामा बस्ने पत्रकार एवम् समाजसेवी अर्जुन प्रधानद्वारा सञ्चालित Food Bank Nepal लाई भोजन सेवार्थ जनवरी २०२४ बाट मासिक ५० हजार सहयोग गर्दै आएका छन् । मेग सुवेदीले सडकमा भोकै बसेका मानिसहरुलाई भोजन सेवा गराउनका लागि निरन्तर सहयोग गेर्ने प्रतिवद्धता यूज डेक्सलाई व्यक्त गरेका छन् । सहयोगी मन भएका पवित्र मुटुहरुको सहयोगमा चार वर्षदेखी प्रदिप घिमिरेले रातको ८ बजे पछि सडकपेटी पूलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य हुनुभएका मानिसहरुलाई सात्वीक तातो खाना खुवाउँदै आएका छन् ।

सकारात्मक सोचका धनी सुवेदीले हालसम्म करोडै रकम सहयोग गरिसकेका छन् । अन्तमा मेघ सुवेदी भन्छन्:
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्।
(सबै सुखी होउन, सबै रोगमुक्त रहुन, सबै मंगलकार्यको साक्षी बनुन, सबैले रिस राग त्याग गरून, कसैलाई पनि दुःख नहोस)

पुरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here