एक दिने टेबल टेनिस प्रतियोगिता ओहायोको रेनोल्डवर्ग शहरमा  सम्पन्न  भएको छ।

0
658

सहयात्री ढकाल/कलोम्बस

गत डिसेम्बर ६ तारिक  शनिवारका दिन प्लेटिनम इभेन्ट सेन्टरले ५० स्टार युवा क्लबको सहकार्यमा टेबलटेनिस प्रतियोगिताआयोजना गरेको हो । 

फिफ्टी स्टार युवा क्लबका अध्यक्ष किरण सुबेदीले  जनाए अनुसार उक्त टेबल टेनिस प्रतियोगितामा विभिन्न राज्यबाट  सहभागिताजनाईएको  थियो जस्तै  पेन्सिलभेनिया, केन्टुकी र ओहायोबाट करिब साठी भन्दा बडी खेलाडीहरु सहभागी थिए।

 एक  दिने टेबलटेनिस प्रतियोगिताको निक्कै उत्साह पुर्ण रुपमा सम्पन्न गर्न पाउदा  फिफ्टी स्टार युवा क्लबका अध्यक्ष  किरण  सुवेदीले भने:”  हामी हर्षित छौं! कडा प्रतिस्पर्धा र अटूट खेलकुदको बीचमा, विभिन्न विधाका खेलाडीहरूले आफ्नो कला प्रदर्शन गर्दैकार्यक्रमलाई रोमाञ्चक दृश्यमा परिणत गरेका थिए।‘ उनि थप्छन :’सहद्रणपुर्ण वातावरणमा यस प्रतियोगितालाई समापन गर्नपाउँदा हामी खुशी छौ।‘

फिफ्टी स्टार युवा क्लब एउटा ओहायो बेस नेपाली  भाषी भुटानीहरुको  नन प्रफिट संस्था हो । यो संस्था २०२१मा स्थापन भएको होर यसले यस अघि विभिन्न खेलकुदको आयोजन गरिसकेको छ।यस संस्थाले आफ्नो समाजमा वंयमसेवा पनि गर्दै आएको छ।

यो प्रतियोगितालाई हृदयबाट सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई मनैबाट हाम्रो तर्फबाट  धन्यवाद दिन चहान्छौ।‘ अध्यक्षसुवेदीले थप्नु भयो । 

यसै गरि उक्त प्रतियोगितालाई  विभिन्न संघ– संस्था र व्यक्तिहरुले सहयोग गरेका थिए।

सो टेबल टेनिस प्रतियोगितामा लक्ष्मी उप्रेती, नारायण शर्मा, सोहन फुयेल, शक्ति राई, लीला सुब्बा, भागवत उप्रेती र मनोजढकालले लगायतले रेफ्रिको भुमिका निर्भा गर्नु भएको थियो ।

प्रदर्शनी खेलको रूपमा साना जुम्ल्याहा  नानीहरुले  क्लिभल्याण्डबाट आएर आफ्नो खेल प्रदर्शन गरेका थिए।

उक्त एक दिने टेबल टेनिस प्रतियोगिता    प्लेटिनम इभेन्ट सेन्टरलेकै हल भित्र   विभिन्न बिदाहरूमा आफ्नो खेल प्रस्तुत गरेका थिए ।उनिहरुले १देखि एक हजार , एक हजार देखि अठ्ठार सय र भेटेरन श्रेणीमा खेलेका थिए।

विजेताहरु:

१ देखि हजार श्रेणीविजेता: कर्ण गुरुङ (ओहायो)

दोस्रो  दावा तामाङ ( ओहायो)

र तेस्रो मुकुम सुब्बा( ओहायो)

त्यसै गरि वेटेरनको पहिलो स्थानमा  लक्ष्मी उप्रेती (ओहायो)दोस्रो स्थानमा रत्न राई (केन्टुकी) तेस्रो स्थान  नारायण शर्मा (ओहायो)

एक हजार देखि अठ्ठार सय श्रेणीमापहिलो स्थान: भागवत उप्रेती (ओहायो )दोस्रो लिला सुब्बा  ( ओहायो) तेस्रो स्थान कमल राई(केन्टुकी)

उत्साह र हौसला बढाउनुहुने शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। तपाइँको उपस्थितिले प्रतियोगिताको जीवन्ततामाथपियो, सौहार्द र खेलकुदको वातावरण सिर्जना गर्यो भन्दै आफ्नो प्लेटिनम ईभेन्ट केन्द्रको आफ्नो फेसबुक पेजबाट पनि सबैलाईधन्यवाद दिईएको छ।

‘यो दिन टूर्नामेंटको समापन मात्र होइन प्रतिभा, लचिलोपन र प्रतिस्पर्धाको भावनाको उत्सव हो। हामीले यस अविस्मरणीयघटनालाई प्रतिबिम्बित गर्दा, हामी हाम्रो समुदायमा टेबल टेनिसको लागि मायालाई बढावा दिने भविष्यको संलग्नताहरूको लागितत्पर छौं।‘ भनिएको छ।

त्यसै गरि प्लेटिनम ईभेन्ट केन्द्रले विजेताहरूलाई बधाई दिदै अन्तमा भनेको छ:’ सहभागीहरूलाई कृतज्ञता र यस उल्लेखनीयटेबलटेनिस प्रतियोगिताको सफलतामा योगदान गर्ने सबैलाई हृदयदेखि धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here