भुटानको तल्लो सदन जितेसँगै छिरिङ तोब्गे पुन प्रधानमन्त्री,शरणार्थी समस्य समाधान गर्न ग्लोबल क्यम्पेनको ध्यानाकर्षण

0
219

सहयात्री ढकाल/कोलम्बस

भुटानको नवनिर्वाचित प्रधानमन्त्री छिरिङ तोब्गे र उनको पार्टीले भुटानको राष्ट्रिय सभाको तल्लो सदनमा बहुमत प्राप्त गरेको छ। चौथो निर्वचनमा उनको पाटीले दोस्रो पटक जित हासिल गरेको हो।

भुटानका नयाँ प्रधानमन्त्री तोब्गे सन् २०१३ देखि २०१८ सम्म प्रधानमन्त्रीको रूपमा काम गरिसकेका राजनीतिज्ञ हुन्। ५८ वर्षीय तोब्गे सन् २००८ मा भुटानको पहिलो संसद्मा विपक्षी नेता थिए।

आर्थिक वृद्धिको प्रमुख मुद्दालाई उठाएर निर्वाचनमा होमिएका भुटान टेन्डरेल पार्टी (बीटीपी) र पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) बीच प्रतिस्पर्धा हुँदा तोब्गेको दल पीडीपीले बहुमत प्राप्त गरेको हो।

तोब्गेले आफ्नो चुनावी घोषणापत्रमा राष्ट्र निर्माणमा सक्रिय रूपमा भाग लिनका लागि अर्थतन्त्र बलियो बनाउन विदेशमा रहेका भुटानी नागरिकलाई स्वदेश फर्काउने भनेका छन्। आफ्नो देशको विशाल दक्षिणी छिमेकीसँग रेल सम्पर्कको विकास गरी भारतसँगको सम्बन्धलाई बढवा दिने बाचा उनले गरेका छन्।

भुटानको संसदको तल्लो सदन राष्ट्रिय सभामा गत हप्ता भएको आम निर्वाचनमा बहुमत प्राप्त गरेकोमा छिरिङ तोब्गे र उनको पार्टी पीपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई बधाई तथा शुभकामना दिदै ग्लोबल क्याम्पेनले शरणार्थी समस्य समाधानका लागि पनि अपिल गरेको छ।

ग्लोबल क्यम्पेन ले भुटानी मतदाता भित्रका विभिन्न सरोकारहरूलाई सम्बोधन गर्न प्रधानमन्त्रीको सहयोगको लागि अनुरोध गरेको छ।

उक्त विज्ञप्तिमा जनाए अनुसार विजयको यस शुभ अवसरमा, हामी श्री टोब्गेको आवाजले अहिले राखेको महत्त्वपूर्ण प्रभावलाई स्वीकार गर्दै भुटानी मतदाता भित्रका निम्न सरोकारहरूलाई सम्बोधन गर्न श्री टोब्गेको सहयोगको लागि सम्मानपूर्वक अनुरोध गर्दछौं।

हामी भुटानको लोकतान्त्रिक, संवैधानिक राजतन्त्रमा परिवर्तन भएको स्वीकार गर्छौं; भुटानले विगत एक दशकमा एक सुदृढ लोकतन्त्र बन्ने दिशामा गरेको महत्वपूर्ण प्रगति प्रशंसा गर्न लायक छ। यद्यपि, यी प्रजातान्त्रिक प्रगतिहरूको बावजुद, त्यहाँ ५० भन्दा बढी व्यक्तिहरू राजनीतिक बन्दीहरू छन् जो हाल भुटानको विभिन्न कारागारहरूमा छन्।’प्रेस बिज्ञप्तिमा भनिएको छ।

राजनीतिक बन्दीका केही परिवारका सदस्य आठ पश्चिमा राष्ट्रहरूमा पुनर्वास भइसकेका छन् भने केही अझै पनि आफ्ना बन्दी भएकाहरूसँग पुनर्मिलन हुने आशामा नेपालका शरणार्थी शिविरहरूमा बसिरहेका छन्। यी परिवारहरू जहाँ र कसरी बसे पनि सुखी जीवन बिताउन गाह्रो भएको छ।

दोस्रो चरणको निर्वाचनमा ४७ स्थानका लागि दुई प्रमुख दलहरू पीडीपी र बीटीपीका ९४ उम्मेदवार प्रतिस्पर्धामा थिए। गत नोभेम्बरमा भएको पहिलो चरणको मतदानमा सबैभन्दा बढी मत ल्याउने यी दुई दलबीच दोस्रो तथा अन्तिम चरणको प्रतिस्पर्धा भएको हो। पहिलो चरणको मतदानपछि तीन दल प्रतिस्पर्धाबाट बाहिरिएका थिए।

त्यसै गरि ग्लोबल क्यम्पेनका संयोग राम कार्कीले भुटानी शरणार्थी समस्य प्रति गम्बिर भएर लाग्न अनुरोध गर्दै फेसबुक पेजमा लेखेका छन:
‘उहाँको नेतृत्वमा भुटान सरकारले भुटानी शरणार्थीहरूलाई स्वदेश फिर्ता गर्ने र भुटानको कारागारमा दशकौं देखि बन्दी रहेका सबै राजनीतिक बन्दीहरूको रिहाई लगायत मानवअधिकार उल्लङ्घनको लामो समयदेखिको समस्या समाधान गर्ने आशा गरेको छु।’उनले भनेका छन।

देश फर्कने आशामा दशकौँ बाँचेका भुटानी शरणार्थी मा खासै चुनावको अर्थ नरहेको बताउदै दिल भुटानीले भने : यो चुनावले कुनै ठुलो परिवर्तन राख्दैन र ठुलो परिवर्तनको सङकेत देखिदैन ।’

त्यसै गरि यो चुनाव भुटानमा राजाको प्रत्यक्ष निगरानीमा हुने र राजाले नै चाहेको दल वा व्यक्ति मन्त्री वा प्रधानमन्त्री हुने हुँदा चुनावले आम जनतामा खासै महत्व नराख्ने मेरो ठहर छ।’डाः भुम्पाका लेखक विरेन मगर बताउछन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here