“संगीत, कला र आत्मियता सिमानाभन्दा विसाल हुँदोरहेछ ।”-प्रकाश आङदेम्बे

0
380

ग्लोबलफोस्ट

स्विजरल्यान्ड

गएको डिसेम्बेर १० का दिन ह्युमन राइटसको ७५ औं बार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्र्सट’ स्विजरल्यान्डको जेनेभा स्थिति अलहम्ब्रा थिएटरमा सम्पन्न भएको थियो   

कार्यक्रममा नेपालभाषालाई प्रतिनिधित्व गर्दै गायक करण राई  स्रष्टा प्रकाश आङदेम्बे आमन्त्रित थिएँ  करण राई भूटानी शरणार्थी शिविरशनिश्चरे मोरङमा जन्मिएर आफ्ना अविभावकहरूसँगै अमेरिका पुनर्वास भएका हुन्  उनि भ्वाइस अफ नेपाल सिजन  बिजेता समेत हुन्  

संसारभरीवाट आएका पाँचसय बढी दर्शकदिर्घा रहेको हलमा ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति रहको थियो  पाँच पटक ग्रामी अवार्डबिजेता एन्जेलिका कुडोओपेरा गायिका बारबरा हेन्ड्रिक्सफ्रेन्च र्यापर  एम सि सोलारग्वाटेमालाकि गायिका सारा कुरुचिचप्यालेस्टानी मुलका डच डान्सर अहमेद जौदयुक्रेनी भ्वाइलोनिस्ट यलिजावेथ जाइटसेभापियानिस्ट आर्थर ली लगायतले आफ्ना कलाप्रस्तुत गरेका थिए 

 गायक करण राईले प्रकाश आङदेम्बेको शब्दमा रहेको गीत “ताँती छन् अझ धेरै जिउनलाई रहरहरू” बोलको गीतमंचमा गाएका थिए  गायक राईले नेपाली गीत गाउदाँ पाश्र्वमा चारजना नर्तकहरूले नाचेका थिए भने स्क्रिनमा बिभिन्न रङका लुङधरप्रोजेक्सन गरिएको थियो  

कार्यक्रमका साक्षी साहित्यकार प्रकाश आङदेम्बेले भने “एउटा प्रतिभालाई शरणार्थी शिविरदेखि जेनेभाको यो विश्वस्तरीय मंचसम्म निरन्तरदेख्न पाउनु मेरो जीवनको दुर्लभ अवसर हो  जहाँसम्म लाग्छ (मलाई थाहा नहुन पनि सक्छ )ह्युमनराइटसका जेनेभामामा हुने आधिकारीककन्सर्टमा नेपाली गायक  गीत गुन्जिएको सायद पहिलो हो  संगीतकला  आत्मियता सिमानाभन्दा विसाल हुँदोरहेछ 

कार्यक्रम बारे गायक करण राईले भने “युएनले हामीलाई शरणार्थी अवस्थादेखि नै सहयोग गरेका थियो  आज उनीहरूकै निम्तोमाउनीहरूले नै आयोजना गरेको कन्सर्टमा मैले गीत गाएर उनीहरूलाई सुनाउन पाउनु मेरो लागि ठूलो अवसर हो  अझ विश्वप्रशिद्द नामुदकलाकारहरूसँग  जस्तो संगीतमा बामे सर्दै गरेको मान्छे सँगै उभिन पाउनु पनि अकल्पनीय उपलब्धी हो ” 

सबै कलाकारहरूले आफ्नो एकल प्रस्तुति दिएपछि अन्त्यमा ‘ओगोलोग’ भन्ने गीतमा एन्जेलिका कुडोसँग सामुहिक प्रस्तुति दिएर कार्यक्रमसमापन गरिएको थियो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here