रेनोल्ड्सबर्ग शहरमा जनप्रतिनिधिहरुको सपद कार्यक्रम सम्पन्न 

0
311

सहयात्री ढकाल/कोलम्बस  

डिसेम्बर १८ का दिन रेनल्डसवर्गका जनप्रतिनीधिहरुको एक समरोहका बीच पद तथा गोपनीयताको सपथ ग्रहणको आयोजना गरिएको थियो । रेनल्डसवर्ग सी.टी. हल भित्र उक्त समारोहको आयोजना गरिएको थियो ।

परिवारसगं

वडा १ का काउन्सिल सदस्य शानेट स्ट्रिकल्यान्ड, वडा २ का काउन्सिल सदस्य लुइस साल्वती, वडा ३ भुवन प्याकुरेल, वडा ४ का इरिन हिल र सिटी एट्रोनी क्रिस शुक सबैलाई हिजो पद तथा गोपनीयताको सपथ गरिएको थियो ।
मेयर र काउन्सिलका लागि अमेरिकी कंग्रेस वुमन जोयस बिट्टीले पद तथा गोपनीयताको शपथ गराएका थिए भने न्यायाधीश चिर ब्राउनले अटर्नी शुकलाई शपथ गराएको उक्त कुरा सी.टी काउन्सिल मेम्बर भुवन प्याकुरेलले बताएका छन् ।

नेपाली भाषी भुटानीहरुलाई एक मात्र प्रतिनीधित्व गर्दै गत अक्टुवरमा पुनः डेमोक्रटिकका तर्फबाट सी.टी. काउन्सिल सदस्यमा चुनाव लडेका हुन ।उनी नेपाली भाषी भुटानी समुदायबाट दुई पटक चुनाब लड्ने पहिलो व्यक्ति हुन् । पहिलो चुनाब २०२०मा भएको थियो र उनी रेनोल्डसवर्ग सी.टी. वार्ड ३ बाट निर्वाचित भएका थिए।

पुनः काउन्सिल सदस्यमा निर्वाचित भएकोमा भुवन प्याकुरेललाई विभिन्न सामाजिक सञ्जालहरुका माध्यमबाट विभिन्न व्यक्तित्वहरुले बधाई तथा शुभकामना व्यक्त गरिरहेकाछन ।

उनी भन्छन्: घरेलु हिंसा र स्कूल छोड्ने यी सबै क्षेत्रमा सञ्चार प्रमुख हो । जनताले समयमै सही जानकारी पाउन नसकेर समयसीमा छुटेका छन् र कुनै न कुनै रूपमा ठूला समस्यामा पर्छन् र त्यसैले आगामी चार वर्षसम्म म अझ राम्रो सञ्चारको लागि वकालत गरिरहनेछु र हामी बलियो भएर समुदायलाई सहयोग गर्नेछु्र ।

राजनितिमा आउनुको उदेश्य र डेमोक्रेटिक पार्टी रोज्नुको कारण खुलाउदै ग्लोबलपोष्टलाई सी.टी. काउन्सिल भुवन प्याकुरेल थप बताउछन् ।
राजनीतिक कारणले गर्दा हामी हाम्रो देशबाट विस्थापित भएका छौं त्यसैले म राजनीतिक रूपमा के गर्न सकिन्छ भनेर हेर्न चाहन्छु्र । निश्चित राजनीतिक दल बन्ने मेरो रोजाइ हो किनभने तिनीहरू मलाई स्वीकार गर्न र निर्णय गर्ने प्रक्रियामा समावेश गर्न इच्छुक थिए । काउन्सिलमा हुनु भनेको सरकारमा प्रतिनिधित्व हुनु सबैभन्दा राम्रो कुरा हो ।

भुटानका भूतपूर्व शरणार्थी भुवन प्याकुरेल सन् २००९ मा संयुक्त राज्य अमेरिकामा पुनर्वास गरे । उनी र उनको परिवार २०१४ मा ओहायो गए र उनी २०१५ मा अमेरिकी नागरिक बने । उनीहरूले रेनोल्ड्सबर्गमा आफ्नो पहिलो घर किने र तुरुन्तै समुदायमा संलग्न भए । भुवन र उनकी श्रीमती दिलको विवाह भएको १७ वर्ष भइसकेको छ र उनीहरुका दुई सन्तान अदिति र देव छन्, दुबै जना रेनल्ड्सबर्ग पब्लिक स्कूलमा पढ्छन ।

https://reynoldsburgoh.portal.civicclerk.com/event/896/media

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here