स्वीकारोक्ति विश्व यात्रा २०२३ को महाअभियान काठमाण्डौको प्रज्ञा भवनमा भव्य समापन

0
128

स्वीकारोक्ति फाउन्डेसनद्वारा सञ्चालित स्वीकारोक्ति विश्व यात्रा २०२३ को काठामाडौंमा समापन भएको छ । स्वीकारोक्ति फाउण्डेसन र काठमाण्डौ प्याव्सनको संयोजकत्वमा स्वीकारोक्ति विश्व यात्रा २०२३ काठमाडौंबाट सुरु भई काठमाण्डौमै समापन भएको छ । फाउण्डेसनले शुक्रबार काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनको आयोजना गरी सौहाद्रपूर्ण वातावरणमा कार्यक्रमको समापन गरिएको थियो ।

स्वीकारोक्ति फाउण्डेसनले गत मंसिर ७ गते साामाजिक अभियन्ता, लेखक एवम् युवा समाजसेवी प्रदिप घिमिरेसँगको सहकार्यमा काठमाडौंका सडक पेटी, पूलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका वृद्ध, अशक्त, शारीरिक तथा मानसिक अवस्था ठीक नभएका दुःखी, गरीब घरबारविहीनभ भएर बस्न बाध्य भएका करिब १३० जना मानिसहरुलाई रातको एक छाक तातो खाना र पानी खुवाएर विश्व यात्राको शुभारम्भ गरेको थिए । प्रदिपले कोरोना कालदेखी सडक मानवलाई खाना खुवाउँदै आएका छन् ।

फाउण्डेसनले मंसिर ८ गते काठमाडौंको बाटोमा हरियो टिसर्ट सहित ‘सेभ द अर्थ’ भन्ने मूल नाराका साथ शान्तिको सन्देश दिँदै साइकल र्याली गरेको थियो । फाउण्डेसनले विश्वयात्राको दौडानमा झापाको बिभिन्न स्थानमा विभिन्न कार्यक्रम गर्दै धरान पुगेर वातावरण जोगाउने सन्देस प्रवाह गर्दै धरानका मेयर हर्क साम्पाङको प्रमुख उपस्थितिमा बृक्षारोपण गरेको थियो ।

नेपालमा विभिन्न कार्यक्रमहरु सकिसकेपछि सिक्किम दार्जिलिङ हुदै भारतको आसाम गहावटी पुगेर फाउन्डेसनले नेपाली साहित्यका साहित्यीक श्रष्टा लीलबहादुर क्षेत्रीलाई नेपाली ६ लाख नगद सहित स्वीकारोक्ति सिद्धि पुरस्कारबाट सम्मानित गरेको थियो ।

फाउण्डेसनले आयोजना गरेको उक्त कार्यक्रममा काडमाडौंका विभिन्न विद्यालयका हजारौं विद्यार्थीहरूको सहभागिता रहेको थियो । फाउण्डेसनको आयाजना गरेको कार्यक्रमा सिक्किम विश्व विद्यालयको नेपाली बिभागकी प्रा. डा. पुष्पा शर्माको प्रमुख आतिथ्य र स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ राइको अध्यक्षतामा कार्यक्रमको समापन भएको थियो । फाउण्डेसनले आयोजना गरेको उक्त कार्यक्रममा स्वीकारोक्ति दर्शन सम्बन्धि स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ राई र मोटिभेटर राजाबाबु शाहले विद्यार्थीहरूको व्यक्तित्व विकासका विभिन्न उपायहरूबारे आफ्नो धारणा व्यक्त गरेका थिए ।

स्वीकारोक्ति फाउन्डेसनका अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय एवम् कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले विश्व यात्रा २०२३ को सकारात्मक सोचबारे आफ्नो कर्णप्रिय धारणा व्यक्त गर्दै अगामी वर्षहरूमा पनि विभिन्न देशहरुमा विभिन्न कार्यक्रमहरु आयाजना गरिने गुरुङले जनाएका छन् ।

प्रज्ञा भवनमा आयोजित उक्त कार्यक्रमका प्रमुख कर्ण गुरुङद्वारा लिखित चेतनाको बाटो बिचार संग्रह, मानव म्युजिक भिडियो र गोपाल पौडेलको “स्टोरी ह्वीथ इन दी स्टोरी” कथा संग्रहको विमोचन समेत गरिएको थियो ।

फाउण्डेसलको कार्यक्रममा प्रा.डा. टंकप्रसाद न्यौपाने, साहित्यकार राधेश्याम लेकाली, संगीतकार दीपक जंगम, कवि विप्लव प्रतीक, डाक्टर गोविन्द रिजाल, गीतकार डाक्टर कृष्णहरि बराल, काठमाडौं प्याप्सन अध्यक्ष प्रेम राई परिक्षीत, कलाकार मनोज गजुरेल, सिक्किमका समाजसेवी जि.यस्. शर्माको विशेष उपस्थिति रहेको थियो भने फाउन्डेसनका अभियान्ताहरु पातलो अन्तरे, शेखर कोईराला, दियालो शुसन माझी, नेत्र आचार्य, दिलिप घिमिरे, विवश बलिभद्र कोईराला, खगिन्द्रा खुशी, कवि नवराज पराजुली, कविता पौडेल, उत्तम तुम्सा लिम्बु लगायतका श्रष्टाहरुले आफ्नो सृजना पस्किएका थिए भने सिक्किमका गायक तथा संगीतकार डाक्टर मनोज राई, गायक सिडि विजय अधिकारी, गायक यम बराल र यस कुमारले गायन प्रस्तुत गरेका थिए भने कला उप्रेति लगायतले विभिन्न कला प्रस्तुत गरेका थिए ।

स्वीकारोक्ति फाउण्डेसनद्वारा आयोजित उक्त कार्यक्रम जी.वी.एल्.ओका उपाध्यक्ष तथा अभियान्ता आभास रिखम मगरले स्वागत गरेका थिए भने दिनेश डिसी र पूर्व मिस नेपाल सुगारिका केसीको प्रस्तुती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here