सोहन सुवेदीको जन्मदिनमा प्रदिप घिमिरेद्वारा काठमाडौंका सडकमानवलाई भोजन वितरण

0
513

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा न.१ सानीमदौमा आमा बेद कुमारी सुवेदी र बुबा उद्दब प्रसाद सुवेदीको कोखबाट तेश्रो सन्तानको रुपमा २०५३ साल श्रावण २७ गते जन्मिएका सोहन सुवेदीले उनको जन्मदिनको अवसरमा दिन हिजो २७ गते सडक मानबहरुलाई रातको एक छाक तातो खाना खुवाएका छन् ।

शारीरिक तथा मानसिक अवस्था ठीक नभएका बृद्ध, अशक्त एवं असहाय भएका शयौंको संख्यामा मानिसहरु काठमाडौं उपत्यकाको विभिन्न स्थानमा पुलमूनी र सडक पेटीमा सुत्ने गर्दछन् । उनीहरुलाई जन्मदिनको अवसरमा सोहनले एक छाक तातो क्वाँटी खाना र पानी खुवाउन आर्थिक सहयोग प्रदान गरेका थिए ।

सामाजिक सेवामा सक्रिय युवा सोहन अरुको दुःख पीडामा आफुले सकेको सहयोग विभिन्न क्षेत्रहरुमा प्रदान गर्दै आइरहेका छन् ।

कोरोना कहरले नेपालमा लकडाउन सुरु भए देखी गरीब दुःखीहरुको खाना र नानाको व्यवस्था गर्दै आएका मन्थली नगरपालिका वडा नं. ४ सालुका युवा समाजसेवी प्रदिप घिमिरेले चार वर्ष देखी काठमाडौंमा रात्री भोजन सेवा सञ्चालन गर्दै आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here