सम्मानजनक स्वदेश फिर्तीका लागी पहल गरिदिन भुटानी शरणार्थिहरुको प्रधानमन्त्री समक्ष माग

0
98

भदौ १/
बिगत ३० बर्ष भन्दा लामो समय देखी झापा र मोरङका शिबिरहरुमा सरणागत भुटानी शरणार्थिहरुले आफुहरुको सम्मानजनक स्वदेश फिर्तीका लागी पहल गरिदिन प्रधानमन्त्री सहित बिभिन्न राजनैतिक दलहरुलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
शरणार्थिहरुको तर्फबाट राष्ट्रिय मेलमिलाप समिति भुटानका संयोजक कृष्ण बीर तामाङ र भुटान स्वतन्त्र जनमञ्चका तर्फबाट महासचिव धन बीर सुब्बाद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा भुटानी समस्या समाधानका लागी यस अघि भएका १५ औं चरणका वार्ताले पनि समाधान निकाल्न नसकेको स्मरण गराउँदै त्यसपछि तेस्रोदेश पुनस्र्थापनालाई मात्रै प्राथमिकता दिईएको गुनासो गरिएको छ ।
हाल बिभिन्न दात्री निकायबाट प्राप्त हुने खाद्यान्न, स्वास्थ्य, शिक्षा, आवास जस्ता आधारभुत सुविधाहरु समेत कटौति हुँदा पनि अभैm पनि लगभग ६ हजार ५ सय शरणार्थिहरु आफ्नै देश फर्कन पाउने आशामा बाँचिरहेको ध्यानाकर्षणपत्रमा जनाईएको छ ।
आफुहरुको माग सम्बोधन गरिदिन यस अघि पनि पटक पटक निवेदन दिएको स्मरण गराउँदै शरणार्थिहरुको दिगो समाधान सम्मानजनक स्वदेशफिर्ताका लागी पहल गरिदिन पनि ध्यानाकर्षण गराईएको छ ।
ध्यानाकर्षणपत्र प्रधानमन्त्री सहित नेकपा एमाले, रास्ट्रिय स्वतन्त्रपार्टि र राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष तथा सभापतिलाई पनि बुझाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here