अमेरिकाको हेरिस्वर्ग पेन्सिलभेनियामा २१० औं भानु जयन्ति मनाईयो

0
151

साउन ३/


संयुक्त राज्य अमेरिकाको हेरिस्वर्ग पेन्सिलभेनिया शहरमा बिबिध कार्यक्रम गरी २१० औं भानु जयन्ति मनाईएको छ । यहि जुलाई १६ तारिखका दिन बिभिन्न शहरबाट आएका साहित्यकारहरूको उपस्थितिमा भानु जयन्ति मनाईएको हो ।


कार्यक्रममा अमेरीकामा रहेर नेपाली शिक्षा कार्यक्रममा नेपाली भाषा पढिरहेका विद्यार्थीहरूले कविता वाचन गरेका थिए । केशब बैरागी माईलोको अध्यक्षातामा सम्पन्न कार्यक्रमको सञ्चालन नारद आचार्य सुदामा र शेखर कोइरालाले गर्नु भएको थियो । Bhutanese community in Harrisburg का अध्यक्ष तिलक निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा christine zubek र पर्शु दाहाल लगायत समाजका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

आयोजक


कार्यक्रममा “वृहत् कविता संग्रह” र “डिल्लीराम आचार्यको जिवनी, व्यक्तित्व विश्लेषणात्मक अध्ययन एवं मूल्यांकन” नामक दुई पुस्तकहरुको लोकार्पण समेत गरिएको थियो । कार्यक्रममा बिभिन्न श्रष्टाहरुले गीत, गजल, कविता, नृत्य, मुक्तक, आदि प्रस्तुत गरेका थिए ।


कार्यक्रममा विश्व भूटानी साहित्य समाजका तर्फबाट उपाध्यक्ष – आभास रिखाम मगर, सचिव- पातलो अन्तरे, Board of Director- शेखर कोइराला Board of Director – नेत्र आचार्य (अध्यक्ष-भूटान गजल मञ्च) को उपस्थिति थियो ।
त्रिवेणी साहित्य मञ्च, हेरिस्वर्ग पेन्सिलभेनियाको एकल आयोजनामा रहेको कार्यक्रम अन्नपूणर् ईन्सोरेन्स, यास्ना थेडिङ, कम्फ़र्ट होमकेयर र ईजीअप(Ezzyup) ले प्रायोजन गरेको थियो ।
यस्ता कार्यक्रमहरू समय समयमा भईरहँदा नेपाली कला, संस्कृतिलाई टेवा पुग्ने बाचाका साथ कार्यक्रम अन्त्य भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here