असार २९ गतेबाट प्रदर्शन हुने नेपल कथानक चलचित्र बगानको भब्य तयारी

0
109

यही असार २९ गते शुक्रबारको दिनबाट प्रदर्शन हुने नेपाली चलचित्र ‘बगान’ प्रदर्शन हुने भएको छ । बगान चलचित्र प्रचारप्रसारको लागि निर्माता लगायतको टोली देशैभर दौडिरहेको छ । बगान चलचित्र टोलीले चितवनबाट प्रचार प्रसार सुरु गरेका छन् । केही समयको अन्तरालमा नै पारिवारिक चलचित्र लिएर आउने बगानका निर्माता वाग्लेले बताएका छन् ।

यस चलचित्रका निर्माता वाग्ले हुन् भने निर्देशक सरोज खनाल रहेका छन् । बगान चलचित्रमा अभिनेत्रीद्वय करिश्मा मानन्धर र प्रमिला कार्की छन् । प्रमिला कार्कीले यस चलचित्रमा डेब्यू गरेकी छिन् ।

बगान चलचित्रल टोलीले केही दिन अगाडी चितवनमा पत्रकार सम्मेलन गरेको थियो । उक्त पत्रकार सम्मेलनमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसँग साक्षात्कार भेट गरेको थियो । एकल महिलाले गर्ने गरेको संघर्षसँगै शिक्षाले ल्याउने परिवर्तनलाई देखाईएको चलचित्रको बारेमा नगर प्रमुख दाहालले बताउनु भएको चलचित्र निर्माता सुरेश वाग्लेले बताएका छन् ।

‘बगान’ चलचित्र निर्माण टोलीले एकल आमाले परिचय खुल्ने आधार पेश गरेमा निस्शुल्क चलचित्र हेर्न पाउने घोषणा गरेको छ । बगान चलचित्रमा नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । बगान चलचित्र स्वप्निल नीरवको कथामा आधारित रहेर बनेको छ । बगान चलचित्रमा अभिनेता सरोज खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु मारेका छन् ।

बगान चलचित्रमा नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको छ भने निर्माता सुरेश वाग्ले हुन् । बगान चलचित्रमा कार्यकारी निर्माता विनोद मानन्धर रहेका छन् । गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ्.एक्स. तथा रेनिश फागोको कलर करेक्शन छ । यस चलचित्रमा ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको गरेका छन् । यक्र चलचित्रमा हरि लम्साल र सुवास भुषालको संगीत रहेको रहेको छ भने सुगम पोखरेल, अञ्जु पन्त र अस्मिता अधिकारीले आवाज दिएका छन् ।

बगान चलचित्रको वितरण कार्य भने रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका भित्र र उपत्यका बाहिर एफडी कम्पनीले गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here