चार वर्ष देखि गरिव दुःखीलाई निशुल्क: खाना खुँवाउँदै समाजसेवी प्रदिप घिमिरे

0
501

२०७६ सालको चैत ११ बाट नेपालमा लकडाउन भएको थियो । लकडाउन भएको चार दिन पछिबाट काठमाडौंका उपत्यकाका विभिन्न स्थानहरुमा सडक पेटी, पुलमुनी र ढलको पाइपभित्र बस्न दुःखी, गरीब, शारीरिक तथा मानसिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई खाना खुवाउँदै आएका प्रदिप घिमिरेले अहिले पनि समस्यामा परेका व्यक्तिहरुलाई रातको समयमा निशुल्कः खाना खुवाउँदै आएका छन् । प्रदिपले समस्यामा परेका जो कोहीलाई सहयोग गर्दै आएका छन् । प्रदिपले कयौं व्यक्तिलाई जीवन दान गरेका छन् । सयौंलाई रोजगारी दिलाएका छन् । आँखा नदेख्नेहरुलाई आँखाको अप्रेशन गरेर यो सुन्दर संसार हेर्न सक्ने बनाएका छन् । कयौंलाई उपचार गरेका छन् । बाटो खर्च नपाएर सडकमा बस्नेहरुलाई घर पठाएका छन् । पछिल्लो यो भागदौडको समयमा सेतु बनेर उदाएका छ्न् समाजसेवी प्रदिप घिमिरे ।

प्रदिपले मानिस मात्र हैन, बाँदर, कुकुर, गाई, परेवा, चराचुरुङ्ग्ीलाई र कमिलालाई पनि खाने कुरा खुवाउँदै आएका छन् । प्रदिप भन्छन्, मानिसले माग्न सक्छ तर पशु पंक्षीले कसलाई माग्नु ? त्यही मानविय हिसाबले सेवा गरेको हो ।’ उनले पशुपतिमा गएर गाई, बादरलाई पनि खाना बाँडिरहेका छन् ।

चैत १६, ०७६ बाट प्रदिपले सडकमा खाना बाँड्न थालेका थिए । दैनिक तिन सय जनालाई खाना खुवाएका प्रदिप अहिले उनले दैनिक रुपमा एक सय भन्दा बढीलाई खाना खुवाईरहेका छन् ।

प्रदिपले काठमाडौंका विभिन्न स्थानहरुमा गएर खाना बाँडिरहेका छन् । ‘अहिले खाना बितरण गर्न पनि सजिलो छ ।’ उनले भने ‘पहिले पहिले भीडभाड भएर काम गर्न गाह्रो भयो ।’ अहिले तरकारी र खाद्यान्न महंगिएकाले खाना खुवाउन निकै सकस भइरहेको उनी बताउँछन् ।
चार वर्ष देखी सडकमा रहेकाहरुलाई खाना वितरण गरिरहेका प्रदिपले स्वदेशी तथा विदेशमा रहने व्यक्तिहरुले गर्नुभएको सहयोगबाट उनले खाना खुवाउँदै आएका छन् ।
तर यति नै उनको अभियानका लागी काफी छैन ।यो असार साउनको झरीमा उनलाई खाना पुर्‍याउँन सवारी साधनको अत्यन्तै समस्या छ भएको बताउँछन् । आर्थिक समस्या उत्तिकै छ ।

रामेछापका युवा समाजसेवी आम युवाका लागि एक उदाहरणीय पात्र हुन् । उनी शाहाकारी हुन् । उनले कुनै पनि प्रकारका प्रशोधन गरेका खाद्य वस्तुहरु खाँदैनन् । उनी धार्मिक पनि त्यतिकै छन् भने अध्यात्मीक पनि छन् । उनी शाहकारी भएकाले शाहाकारी खाना मात्र खुवाउँछन् । प्रदिप आफै खाना बनाउने, भाँडा माझ्ने, प्याकिङ्ग गर्ने, वितरण गर्ने गर्दछन् । तपाइँ यो सब किन गरिरहनुभएको छ भन्ने प्रश्नमा १८ पुराणको रचना गरेका महर्षि वेदव्यासको उदाहरण दिँदै प्रदिप भन्छन्:
अष्टादश पुराणेसु व्यासस्य वचनद्वयम्
परोपकारः पुण्याय पापाय परपीडनम् ।।
जसमध्ये पहिलो अरूको कल्याण गर्नु पुण्य हो र दोस्रो आफ्नो कारणले अरूलाई दुःख दिनु पाप हो।
परोपकार गरे पुण्य कमाइन्छ ।
पाप गरे पीडा भोग्नुपर्छ ।।
हामीले मरेर जाँदा संगै जाने भनेको कर्म मात्र हो । अरु त सबै यहीँ छाडेर जान पर्छ त्यसैले पनि म मानव भएको नाताले यो सेवा गरिरहेको छु । समस्यामा परेका जो कोहीलाई सेवा गर्दा जति आनन्द प्राप्त हुन्छ त्यो परमानन्द अरु केही गर्दा प्राप्त हुँदैन ।

अन्तमा उनी भन्छन्: सबैले सकेको सहयोग गनुहोस् । प्रदिपलाई सहयोग गर्नको लागि 9841 141468 मा टेलिफोन गरी सम्पर्क गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here