शास्त्रमा भनिएको छ मानिसले यस्ता पाप गरे कहिल्यै क्षमा पाइँदैन

0
381

विभिन्न धर्म शास्त्रहरुमा पाप र धर्मका बारेमा धेरै भन्दा धेरै व्याख्या विश्लेषण गरिएको छ । १८ पुराणको रचना गरेका महर्षि वेदव्यासले आफ्नो पुराणमा दुईवटा कुरा भनेका छन्, 

अष्टादश पुराणेसु व्यासस्य वचनद्वयम्

परोपकारः पुण्याय पापाय परपीडनम् ।।

जसमध्ये पहिलो अरूको कल्याण गर्नु पुण्य हो र दोस्रो आफ्नो कारणले अरूलाई दुःख दिनु पाप हो।

परोपकार गरे पुण्य कमाइन्छ ।

पाप गरे पीडा भोग्नुपर्छ ।।

सनतकुमारले वेदव्यासलाई भन्नुहुन्छ  मानसिक, वाचनिक,र शारीरिक मनले गर्ने पाप, बोलिबाट गरिने पाप र शरीरबाट गरिने १२ पापबारे वर्णन गरिएको छ । जसमा शिव भगवानले कहिल्यै क्षमा दिन नसकिने बताउनु भएको छ । यस्ता पाप कर्म गर्ने मानिसहरु सँधै श्री शिव भगवानको क्रोधको शिकार बन्दछन् । यस्ता पाप कर्ममा सामेल हुने मानिसहरुले जीवनमा कहिल्यै पनि सुख, शान्ति, र आनन्द प्राप्त गर्न सक्दैनन भन्ने विश्वास गर्ने गरिन्छ ।

श्रीशिवमहापुराणमा उमासंहिताको पञ्चमोध्यायमा बताइएको छ । मन, वचन र शरीरसँग सम्वन्धित मूख्यत तिन प्रकारका पापहरु छन् ।

१) मानसिक पाप

२) वाचनिक पाप र

३) शारीरिक पाप

१) मानसिक पाप, मनले गरिने पाप: 

क) अरुका छोरी, बुहारी, अरुका पति, अरुका पत्नि कसैका यानिकी परनारी वा परपुरुषलाई पाउने वा सम्भोग वा कामवासनाको सङ्कल्प गरिरहनु पनि एक किसिमको पाप हो ।

ख) अर्काको ऐश्वर्य, धन, सम्पतिलाई के कसरी हुन्छ आफ्नो बनाउन सकिन्छ भनेर परद्र्रव्यमा लालायित भएर अरुको श्रीसम्पति प्राप्त गर्न विविध उपायहरुको चिन्तन मनन गर्नु वा हडप्न खोज्नु दोश्रो किसिमको पाप हो ।

ग) आफ्नो शत्रु, आफूलाई मन नपरेको मानिस र सम्पन्न मानिसको अनिष्ट चिताएर, कुभलोे चिताएर वा कुनै सोझो–सादा व्यक्तिलाई दुःख, कष्ट दिनु र पीठा दिएर, उसलाई हानी नोक्सान पुर्‍याउनु वा धन–सम्पति लुट्नु वा अनिष्ट चिताएर प्रतिशोध लिन खोज्नु तेश्रो किसिमको मानसिक पाप हो ।

घ) शास्त्र ताथ लोक परम्पराले वर्जित गरेका कार्यहरुमा धेरै आशक्ति राखी त्यस्ता वर्जित कार्य सम्पन्न गर्ने विषयमा चिन्तन, मनन वा राम्रो कुरालाई बिर्सेर नराम्रो बाटो पछ्याउँनु चौथो किसिमको मानसिक पाप हो ।

२) वाचनिक पाप वा बोलीद्वारा गरिने पापः 

क) आदर्श वचन, आदर्श सम्वाद एवम् मधुर आलाप छाडी अरुसंँग रीस र ईष्र्याको झोकमा असम्बद्ध प्रलाप गर्नु पहिलो वाचनिक यानिकी बोलीद्वारा गरिने पाप हो ।

ख) आफूलाई अरुका अगाडी राम्रो, सम्पन्न, बुद्धिमान् एवम् विद्वान् देखाउनैका लागि भए पनि असत्य वचन बोल्नु दोश्रो वाचनिक यानिकी बोलीद्वारा गरिने पाप हो ।

ग) अरुलाई मन दुखाउने गरी तथानाम अप्रिय वचन बोल्नु तेश्रो वाचनिक पाप हो ।

घ) परोक्षरुपमा कसैको सम्मानमाथि आँच पुर्‍याउने नियतले वा उसको पछिबाट कुरा काट्न, अरुको चुक्ली लगाउने गरी वचन उच्चारण गर्नु वा अफवाह फैलाउनु पनि चौथो ठूलो पाप हो ।

३) शरीर तथा कार्यद्वारा गरिने पाप जो क्षमा दिन सकिन्न:

क) धर्म शास्त्रले वर्जित गरेका खान नहुने कुरा खानु, धर्म विपरित कार्य गर्नु, मांशहार गर्नु, धुम्रपान तथा मध्यपान गर्नु पनि महापाप हो ।

ख) कुनै पनि जीव जिवात्मा एवम् कुनै पनि पशु प्राणिहरुको हिंसा गर्नु दोश्रो पनि महापाप हो ।

ग) असत्य कार्यहरुलाई सत्य मानेर त्यस्ता प्रकारका कुनै पनि कार्यहरुमा आसक्ति हुनु तेश्रो महापाप हो ।

घ) खराब नियतले अरुको जग्गा, जमिन, श्रीसम्पति हडप्नु, ब्राम्हण वा मन्दिरको चीज चोर्नेलाई पनि पापको श्रेणीमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here