समाजसेवी प्रदिप घिमिरेद्वारा काठमाडौंका सयौं घरबारविहीनहरुलाई कपडा वितरण

0
4502

युवा समाजसेवी प्रदिप घिमिरेले बृद्ध, अशक्त, शारीरिक तथा मानसिक अवस्था कमजोर भएका काठमाडौंको चिसो सडकपेटी, पुलमूनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका सयौं भोका प्यासा मानिसहरुलाई रातको समयमा तातो खाना खुवाउँदै आएका छन् । जाडोको समयमा स्लीपिङ व्याग, म्याट, न्यायो टोटी, पञ्जा, जुत्ता, मोजा, ज्याकेट लगायतका लत्ता कपडा बितरण गरेका प्रदिपले केही दिन अगाडी सयौंको संख्यामा रहेका काठमाडौंको चिसो सडकपेटी, पुलमूनी र ढलको पाइपभित्र बसेका मानिसहरुलाई सर्ट वितरण गरेका छन् ।

खाना र नाना र छाना बाट कोही पनि वञ्चित हुनु हुँदैन भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै २०६७ सालमा विश्वव्यापी फैलिएको कोरोना भाइरसको सुरुवाती चरणदेखी जसको कोही छैन उनीहरुको लागि अभिभावको भूमिका निर्वाह गर्दै आएका छन् युवा समाजसेवी प्रदिपले ।

पछिल्लो समय अधिकांश मानिसहरु विहान उठेदेखी बेलुका नसुतेसम्म स्वास्थ्य बिगारेर भए पनि सम्बन्ध बिगारेर भए पनि पैसा कमाउने म्याराथुनमा लागिरहेको परिपेक्षमा उनी भने विल्कुलै फरक सोच विचार र कर्म गर्दै आएका छन् ।

तपाइँ किन यस्तो काम गरिरहनुभएको छ भनेर प्रश्न गर्दा प्रदिप भन्छन्:

खान, हाँस्न र बाँच्न सबैले पाउनुपर्छ । यो धर्तीमा चौरासी लाख प्रजातीका जीव, जीवात्माहरु बस्दछन् । यो धर्ती चौरासी लाल जीवहरुको साझा फूलबारी हो । यस धर्तीमा सबैले बाँच्न पाउनुपर्छ । यस धर्तीमा मानिसले मात्र धन सम्पति संग्रह गर्छ तर अन्य जीवहरु खान नपाएको समाचार प्राय सुनिदैन, देखिँदैन अफसोच मानिस मात्र खान नपाएर मरेका घटना परीघटनाहरु धेरै सुनेको छु ।

मैले रोडपति देखी करोडपति सम्मलाई आफ्नै हातले घाटमा कँसेको छु, चितामा चढाएको छु तर ती कुनै पनि व्यक्तिको कात्रोमा मैले आजसम्म गोजी देखिन । यस संसारमा जो जसले जे जति भौतिक धन सम्पति जोडेता पनि, जे जति संग्रह गरेता पनि कोही कसैले केहि लिएर गएको देखिन । यति मात्र कहाँ हो र, म पटक पटक आर्यघाटको अगाडी बसेर घोत्लिएर एकोहोरो हेरिरहन्छु, मैले आजसम्म कसैलाई पनि पैसाले जलाएको देखिन । धनीलाई जलाउँदा निस्कने धुवाँ र गरीबलाई जलाउँदा निस्कने धुवाँमा कुनै भिन्नता देखिन । धनीलाई जलाउँदा पनि धुवा कालै आउँछ, गरीबलाई जलाउँदा पनि धुवाँ कालै आउँछ । धनी र गरीबलाई जलाउँदा निस्कने खरानीको रङ्गमा पनि कुनै भिन्नता पाउन सकिन । त्यही खरानीलाई पनि अन्त्यमा पखाल्नको लागि जल नै प्रयोग भएको देखेँ । हो यही समभाव देखेर नै संसारभर रहेका मान्छेको जात एउटा मात्र हो त्यो हो मानवता । त्यही मानवताको डोरीलाई चुटिन दिनु हुँदैन भन्ने एक प्रकारको चिन्तनले म मा डेरा जमायो । मानवताको डोरी चुटिन नदिनको लागि नै म सानो त्यान्द्रो भएर यस प्रकारको कर्म गरिरहेको छु । म त केवल सेतु मात्र हो । मेरो अभियानमा नेपाल तथा समुन्द्र पारिका देशहरुवाट साक्षात भगवान बनेर दिव्य यात्रा गर्नुहुने समस्त दिग्गज व्यक्तित्वहरुप्रति कोटी कोटी नमन गर्दछु । मलाई पूर्ण आशा छ मैले निमार्ण गरेको पुलबाट समस्त मानिसहरुले दिव्य यात्रा गर्नुहुनेछ ।

प्रदिप भन्छन्: शास्त्रको एउटा श्लोक छ
अष्टादश पुराणेसु व्यासस्य वचनद्वयम्
परोपकार पुण्याय पापाय परपीडनम् ।।

१८ पुराण रचना गरेका बेदव्यासले समेत सारमा दुई कुराको मात्र निचोड निकालेका छन् । परोपकार गरे पुण्य कमाइन्छ, पाप गरे पीडा भोग्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here