भूटान गजल मञ्चको गजल धमाका कार्यक्रम सम्पन्न

0
454

भूटान गजल मञ्चले नयाँ कार्य समिती पाएसँगै, अमेरिकाको पेन्सेलभेनिया राज्यको पिट्सबर्ग शहरमा करिब ६० – ८० जना स्रष्टाको वाचन र गायनको कार्यक्रम “गजल धमाका”, आज २५ फेब्रुअरी, शनिबारको दिन ऐतिहासिकररूपमा सम्पन्न भएको छ ।

नेपाली भाषी भूटानी कवयत्री लिला निशा र मञ्चका अध्यक्ष नेत्राचार्य कौडिण्यले दिप प्रज्वलन गरी कार्यक्रमको विधिवत उद्घाटन गरी कार्यक्रम औपचारिक रुपमा सुरुवात गरिएको थियो । गजल बाचनमा उपाध्यक्षपूर्ण नर्जाली लगायत ६० – ८० जना श्रष्टाहरुले दुई/दुई वटा गजल वाचनगरेका थिए।

कार्यक्रम गजल धमाकामा ब्रिज सिटी होम क्यार (Bridge City Home Care) प्रथम भूटानी गजलकार शेरू उदासलाई सम्मान गरेको थियो । यस सम्मानले भूटानी यूवाहरूमा गजल लेखन तथा सिर्जनशीलतामा एक परिर्वतन छाएको स्मरण गर्दै कर्यक्रमका संयोजक नेत्राचार्य कौडिण्यले आफ्ने खुशि व्यक्त गर्नु भयो। गजलकार उदास भन्नु हुन्छा – ‘मलाई प्रथम गजलकार भनेरसम्मान गरिएको छ, तर साहित्य रचना गर्न प्रथम/द्वितीय भनेर भनिराख्नुआवश्यक छैन।  म हमपाइप हूँ, माथीबाट मान्छे हिंडीरहुन, मेरो मुटुबाटपानी बगिरहोस, म यतिमै खुसि छु।  मलाई सम्झनुभयो, यत्ति नै काफीछ।’

यस कार्यक्रमलाई साङ्गीतिक, साहित्य समारोह, विशाल महोत्सवको समेत नाम दिइएको छ। कार्यक्रममा स्वीकारोक्ति अभियानका प्रमुख व्यक्तित्व डेन्जोम साम्पाङ्, जय वान्तवा लगायतका धेरै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। वाद्यवादनका साथ रचना वाचन र गायनमा स्रष्टा गजलकार अर्जुन रसाईली, सयपत्री समूहबाट बिष्णु खवास, कृष्णदाहाल, कुमार ओडारी, इन्द्र लामिछाने, बुद्धि लामिछाने, टेक दुधराज लगायतका अन्य धेरै स्रष्टाहरुले गजल र गीतहरू गाउनु भएको थियो।सयपत्री समूह पिट्स्बर्गले वाद्यवादनमा समेत साथ दिएका थिए।

भू.ग.म का प्रचार प्रसार संयोजक इट्टाघरे भन्नुहुन्छ – “भूटान गजल मञ्चले अमेरिकामा र क्यानडामा हुनुहुने सम्पूर्ण नेपाली साहित्यमा कलम चलाउनुहुने स्रष्टाहरूलाई समेट्न र निमन्त्रणा दिन छुटाएको हुनसक्छ, भूटान गजल मञ्चले भावी कार्यक्रमहरुमा सुधार गर्दै जाने बाचा गर्दछ”। वि. सं. २०६० साल फागुन १० गते स्थापना भएको भूटान गजल मञ्चले आफ्नो स्थापना दिवस यसै बर्षदेखि मनाउन सुरू गरेको हो। कार्यक्रम स्थल प्रदायक धन तिम्सिना भन्नुहुन्छ – “अमेरिकाका विभिन्न राज्य र शहरहरुबाट आउनुभएका स्रस्टाहरुको जमघट धेरै समयपछि देख्न पाइयो, सिर्जना सुन्न पाइयो, कार्यक्रम सोचेको भन्दा राम्रो भएको हो”। यसैगरी कलाकार केदार उप्रेती भन्नुहुन्छ – “यो कार्यक्रमले भूटानी युवा गजलकारहरुको लेखनमा अझै धेरै हौसाला दिएको छ। भूटान गजल मञ्चको यो कार्य सराहनीय छ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here