फनपार्क जग्गा प्रकरण: कांग्रेसका निलम्बित सांसद गुरुङसहित ९ जना दोषी ठहर

0
218

काठमाडौं। विशेष अदालतले भुकृटीमण्डपको जग्गा भाडामा दिँदा भएको अनियमिततामा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङ, पूर्व एमाले नेता एवं मन्त्री बद्री न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले दोषी ठहर गर्ने फैसला सुनाएको छ। त्यस्तै उनीहरुमाथि सजाय फागुन २५ गते निर्धारण हुने पेसी तोकिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ अधिकारीले बताए।

२०७५ माघ २१ गते अख्तियारले भृकुटीमण्डपको जग्गा भाडा विवादमा पूर्वमन्त्री रहेका गुरुङसमेतलाई विपक्षी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा अख्तियारले गुरुङसहित नेकपा एमालेका नेता एवं पूर्वमन्त्री न्यौपानेसमेत १४ जनालाई विपक्षी बनाएको थियो ।

अख्तियारले विपक्षी बनाइएकाहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ हजार ७८ रुपैयाँ बिगो र कैद मागदाबी गरेको थियो ।

दोषी ठहर हुनेमा बद्री न्यौपाने, प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारीप्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव भन्ने रवीन्द्र कुमार, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कणर्, हरि न्यौपाने, मेला सञ्चालक गुरुङ, प्रमुख सञ्चालक रवीन्द्र गुरुङ, परिषद्का तत्कानीन निर्देशक मदनप्रसाद रिमाल रहेका छन् ।

यस्तै टेकबहादुर गुरुङ मतियार ठहर भएका छन् भने कोषाध्यक्ष रन्न गाहामगर, मदनप्रसाद रिमाल, बलबहादुर स्वार , प्रेमसिंह धामी र जगदेव चौधरीले सफाई पाउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here