लिज ट्रस बेलायतको प्रधानमन्त्री

0
235
तस्वीर : रोयटर्स

एजेन्सी- बेलायतको नयाँ लिज ट्रस बनेकी छन् । सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री भएकी हुन् । तथापि उनको नियुक्ति बेलायती महारानी एलिजाबेथले मंगलबार गर्नेछिन् ।  

विदेशमन्त्री ट्रसले पूर्वअर्थमन्त्री ऋषि सुनाकलाई पराजित गरेर पार्टी नेता चुनिएसँगै उनी प्रधानमन्त्रीका रूपमा टेन डाउनिङ स्ट्रिट प्रवेश गर्ने भएकी हुन् । बेलायतको इतिहासमा ट्रस तेस्रो महिला प्रधानमन्त्री हुन् ।

ट्रसले ८१ हजार ३ सय २६ मत ल्याएकी छन् भने ऋषि सुनाकले ६० हजार ३९९ मत पाएका थिए । ८२ दशमलव ६ प्रतिशत मत खसेको थियो ।

पार्टीका ३ सय ५८ सांसदमध्ये ४२ वर्षीय सुनाकले १ सय ३७ मत पाएर पहिलो स्थान बनाएका थिए भने ट्रसले १ सय १३ मत पाएकी थिइन् ।

को हुन् ट्रस ?

अक्सफोर्डमा जन्मिएकी ४७ वर्षीय ट्रसले अक्सफोर्ड विश्वविधालयबाटै स्नातक अध्ययन गरेकी छन् । विद्यार्थी अवस्थामा लिबरल डेमोक्र्याटिक पार्टीसँग नजिक ट्रस कन्जरभेटिभ पार्टीमा सक्रिय भइन्।

दुई पटकसम्म संसदीय चुनावमा पराजित भएपछि तेस्रो पटक उनी सन् २०१० मा पहिलोपटक ब्रिटिस संसद् ‘हाउस अफ कमन्स’ मा निर्वाचित भएकी थिइन्।

उनले शिक्षा, वातावरण, अन्तर्राष्ट्रिय व्यापार तथा परराष्ट्रमन्त्रीका रूपमा काम गरिसकेकी छिन् । उनले युक्रेनविरुद्ध रुसी अतिक्रमणको कडा आलोचना गर्दै ब्रिटेनले युक्रेनलाई सैनिक तथा आर्थिक सहायता दिने नीति कार्यान्वयन गरिरहेकी थिइन् ।

बेलायतबाट राजसंस्था उन्मूलन गर्नुपर्ने मत राख्ने उनलाई राजतन्त्रप्रति कठोर नेतृको रुपमा चिनिने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here