काठमाडौँ- नेपालले केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको छ ।
सोमबार भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा घरेलु टोली केन्यालाई ६ विकेटले हराउँदै नेपालले सिरिज ३-० ले जितेको हो । योसँगै नेपालले केन्याविरुद्धको दुबै सिरिज आफ्नो बनाएको छ । नेपालले यसअघि पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।