एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित चुनावी अभियान : एमाले

0
270

काठमाडौँ- नेकपा एमालेले एकल बहुमतको सरकार बनाउने लक्ष्यका साथ चुनावी अभियान थाल्ने निर्णय गरेको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको निर्णयबारे जानकारी दिदै एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘एमालेको एकल बहुमतको सरकार बनाउने घोषणासहित पार्टीले चुनावी अभियान सञ्चालन गर्नेछ ।’

यससम्बन्धि आवश्यक रणनीतिसहितको प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले भदौ १० र ११ गतेको केन्द्रीय कमिटी बैठकमा पेश गर्ने गुरूङले बताए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भदौ १० गतेको केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे संक्षिप्त जानकारी गराउँदै सुझाव माग गरेको उनले बताए ।

बैठकमा गण्डकीबाहेक अरु ६ प्रदेशका इन्चार्जहरुले प्रदेशमा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । उनीहरूले एक्लाएक्लै लड्दा एमाले पहिलो हुने जनाएका थिए ।

यस्तै बैठकमा कस्ता व्यक्तिलाई उम्मेदवार बनाउने भन्नेमा पनि सामान्य छलफल भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here