सप्तरीमा प्रहरीसँग तस्करको झडप, ३ राउण्ड हवाइ फायर

0
144

काठमाडौँ- सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा प्रहरीसँग तस्कर समूहको झडप भएको छ ।

मंगलबार अपराह्न भएको झडप नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाइ फायर पनि गरेको सप्तरीका प्रहरी प्रवक्ता  माधवप्रसाद काफ्लेले जानकारी दिए ।

तस्करी गरेर समान ल्याएको सूचना पाएपछि घर खानतलासी गर्न पुगेका प्रहरीलाई स्थानीयले अवरोध गरेपछि झडप भएको थियो । झडपमा केही प्रहरी र स्थानीय घाइते भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here