सुडानमा बाढीले ८३ जनाको मृत्यु

६ राज्यमा आपतकाल घोषणा

0
181

एजेन्सी- सुडानमा अविरल वर्षापछिको बाढीले ८३ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार रातिसम्म कम्तीमा ८३ जनाको मृत्यु भएको हो । बाढी प्रभावित प्रान्त तथा क्षेत्रहरुका १८ हजार घर बगाएको बताइएको छ । बीबीसीका अनुसार २५ हजार घरमा बस्न नहुनेगरी क्षति पुगेको छ ।

एक लाख ३६ हजारजना भन्दा बढी व्यक्ति बिस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् । सुडानमा बाढीबाट भएको यो क्षति सन् १९४६ पछिकै सबैभन्दा धेरै भएको यहाँका मौसमसम्बन्धी अधिकारीहरुले जनाएका छन् ।

नेसनल काउन्सिल फर सिभिल डिफेन्सका अनुसार नाईल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा बाढीको बढी प्रभाव देखिएको छ । यी राज्यहरुमा सरकारले आपतकाल घोषणा गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here