फिनल्याण्ड प्रधानमन्त्री मारिनले पाइन ‘क्लिन चिट’, लागूपदार्थ सेवन नगरेको ठहर

0
161
तस्वीर : एपी

एजेन्सी- लागुपदार्थले लठ्ठिएर साथिभाइसँग नाचेको भन्दै चर्को आलोचना खेपेकी फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले ‘क्लिन चिट’  पाएकी छन् ।

सोमबार भएको प्रयोगशाला परीक्षणमा मारिनले लागु पदार्थ सेवन नगरेको पुष्टि भएको छ । सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’को भिडियोमा उनले गैरकानूनीरूपमा लागूपदार्थ र मदिरा सेवन गरेको आक्षेप लागेको थियो । लगत्तै विपक्षीहरूले उनको राजीनामा पनि मागिरहेका थिए ।

तर, सोमबार प्रधानमन्त्री मारिनको पिसाबको नमूनामा कोकिन, एम्फेटामाइन्स, भाङ र ओपिओइड्सजस्ता लागूऔषधको उपस्थिति रहेनरहेको निर्क्यौल गर्न गरिएको परीक्षणमा त्यस्तो नपाइएको बीबीसीले उल्लेख गरेको छ ।

आफूले केही मदिरा सेवन गरे पनि कुनै किसिमका लागूपदार्थ सेवन नगरेको प्रधानमन्त्री मरिनको प्रष्टोक्ति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here