नेपालमा थपिए कोरोनाका ६ सय ३४ संक्रमित

0
177
तस्वीर : रासस

काठमाडौँ- स्थानीय समयअनुसार मंगलबार अपराह्न नेपालमा ६ सय ३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

देशभर गरिएको २ हजार ७ सय ५७ पीसीआर परीक्षणका क्रममा ३ सय ४३ जना र २ हजार १ सय ९२ एन्टीजेन परीक्षणका क्रममा २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाले थप १ जनाको मृत्यु भएको छ भने ४१७ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो पटक थपिएकासहित अब नेपालमा ४ हजार २ सय २१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here