प्रेम गीत ३ को चारवटा हिन्दी गीत सार्वजनिक

0
174

काठमाडौं : प्रदीप खड्का अभिनित प्रेम गीत ३ को हिन्दी गीतको अडियो सार्वजनिक भएको छ। जी म्युजिक कम्पनीले फिल्मको चार वटा गीतको अडियो सार्वजनिक गरेको हो।

कोइ ना कोहइ नाता है बोलको गीतलाई जुबिन नटियालले गाएका छन् भने जहाँ भी जाओ बोलको गीतमा राहत फतेअलि खानको स्वर रहेको छ। 

त्यस्तै तुम प्यार हो बोलको गीतमा पलक मुछाल र अंकित तिवारीले गाएका छन् भने मुझ मे बस जाना बोलको गीतमा पलक र देव नेगीको स्वर रहेको छ। 

यी गीतहरुलाई पवनदीप राजन, देव राज, असलम केयी र कल्यान सिंहले कम्पोज गरेका हुन्। https://www.youtube.com/watch?v=FOVAs9azn-8&t=1s

नेपालको फिल्म इतिहासमा पहिलोपटक प्रेम गीत ३ नेपाली र हिन्दी भाषामा रिलिज हुँदैछ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here