बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान पाँचौं शृंखलाका कार्यक्रमहरु सार्वजनिक

0
528

दमक/ जेठ १५
अमेरीकाको हेरिस्वर्गमा हुन लागिरहेको बृहद अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान पाँचौं शृंखलाको बिषयमा पत्रकार सम्मेलन गरि आज कार्यक्रमहरु सार्वजनिक गरिएको छ । विश्व भूटानी साहित्य समाज(जिबिएलओ) बिभूसास हेरिस्वर्ग च्याप्टरको आयोजनामा हुन लागिरहेको अनुष्ठानको बारेमा डिजिटल प्लेटफर्म जुम मार्फत पत्रकारहरुलाई जानकारी गराईएको हो ।
समाजको विकाशका लागी भाषा नै प्रमुख बिषय रहेकोले भाषाको संरक्षण, संवर्द्धन बिकाशले समाजको पनि सार्वभौम बिकाश हुने भन्दै कार्यक्रमलाई सफल बनाउन विश्वभरी रहेका नेपाली भाषि साहित्यकारहरुलाई एकै थलोमा भेला पार्न लागिएको आयोजक संस्था जिबिएलओका संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले जानकारी दिनुभयो ।

यस कार्यक्रमा रेडियो नेपालका अग्रज पत्रकार अमरधोज लामाले बालापनमा पढेको “बसाइँ” उपन्यासलाई आफ्नै आँखामा राखेको र यस तहको पुरस्कारले सम्मानित भएको देख्नु पनि साहित्य जगतको विशिष्ट उपलब्धि भएको जनाउनु भयो। यसै क्रममा वि वि सी नेपालका झापा संवाददाता उमाकान्त खनालले पनि पुरस्कृत हुने साहित्यकार श्री लिला बहादुर क्षेत्रीलाई अग्रिम बधाई तथा यस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार, निर्देशक एवं पत्रकार दिनेश डि सी ले चलचित्र “बसाइँ” को एक पात्र रहेर काम गर्नु भएको र सोहि उपन्यास पुरस्कृत भईरहँदा आफु स्वयं पुरस्कृत भएको महसुस गरेको बताउनु भयो।
अमेरीकाको हेरिस्वर्गमा आगामी जुलाई २९ देखी ३१ तारिख सम्म तिन दिन सञ्चालन हुने कार्यक्रममा पुस्तक बिमोचन, कार्यपत्र, सिद्धान्त माथि बहस, साहित्यिक साँझ सहित साँस्कृतिक साँझ र स्रष्टा भ्रमण गरि बिभिन्न उत्कृष्ट कार्यक्रमहरु राखिएको जिबिएलओका अध्यक्ष कर्ण गुरुङले जानकारी दिनुभयो । यसका साथै यस पटक देखी नेपाली साहित्यमा बिशिष्ट योगदान गर्नुहुने अग्रजलाई सम्मान समेत गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । पहिलो पटक अग्रज साहित्यकार लिला बहादुर क्षेत्रीलाई लाईफटाईम अचिबमेन्ट अवार्ड दिन लागिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपालमै रहेर नेपाली भाषाको क्षेत्रमा विश्व समुदाय समक्ष परिचित प्रा.डा. गोविन्दराज भट्टराई, सिक्किमका पुर्व मुख्यमन्त्री पवन चाम्लिङ, साहित्यकार मुक्ति बराल लगायतको सहभागीता रहने जिविएलओका महासचिव पातलो अन्तरेले जानकारी दिनुभयो । कार्यक्रममा भारतको सिक्किम विश्वविद्यालयको भाषा तथा सहित्य बिभागका डिन प्रा.डा. कविता लामाले कार्यपत्र प्रस्तुत गर्नुहुने छ भने भारत, न्युजिल्यण्ड, क्यानाडा, मेक्सिको लगायतका देशहरुबाट समेत सहभागीता रहने कार्यक्रमका प्रचार संयोजक अर्जुन प्रधानले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम अमेरिकाको पेन्सिलभेनिया सुन्दर नगरी अन्तर्गत हेरिस्वर्ग केन्द्रीय शाखाले सोहि शहरको स्थानिय संस्था भूटानी समाज हेरिस्वर्ग( Bhutanese Community In Harrisburg) को संलग्नता, साथै यसै शहर र नजिकका शहरहरूका विभिन्न संसंस्था एवं व्यवसायहरूको प्रवर्द्धन हुने जानकारी भएको छ ।यस कार्यक्रममा स्थानिय तहका जिल्ला प्रमुखहरू, विद्वान वयक्तित्वहरू, भूटानी कलाकार र यस राज्यका गोभर्नर (Governor) को पनि उपस्थिति रहने छ।

यो कार्यक्रम सप्तरङी एफ एमका प्रबन्ध निर्देशक गीरीराज भट्टराईले संचालन गर्नु भएको थियो र कार्यक्रमको समायोजन GBLO का संचार संयोजक अर्जुन प्रधानले गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here