भूटान गजल मञ्च र ग्लोबल पोष्टको सहकार्यमा ‘वाचन’ कार्यक्रम सञ्चालन गरिने

0
648

पुस २०/
भूटान गजल मञ्च र ग्लोबल पोष्ट अनलाई पत्रिकाको सहकार्यमा ‘वाचन’ नामक गजल सम्बन्धि कार्यक्रम सञ्चालन हुने भएको छ । महिनाको दुई पटक (पाक्षिक) रूपमै अन्लाइन सञ्चालन हुने कार्यक्रममा विश्वभर छरिएर रहेका नेपाली भाषाका गजलहरु वाचन गरिने आयोजकले जनाएको छ ।
“हाम्रो आह्वान गजलको उत्थान” भन्ने मूल नाराका साथ सञ्चालन गरिने कार्यक्रमको सञ्चालक गजलकार पातलो अन्तरे र गजलकार अविनाश भट्टराई ‘एक्स्ट्रा’ रहनु हुने भुटान गजल मञ्चका सम्योजक नेत्रप्रसाद आचार्य र ग्लोबल पोष्टका अर्जुन प्रधानले हस्ताक्षर गर्नु भएको सम्युक्त विज्ञप्तिमा जनाईएको छ । हरेक महिनाको दोश्रो र अन्तिम शनिबार, अमेरिकी पूर्विय समयानुसार बेलुकी ८ः०० बजे कार्यक्रम सञ्चालन गरिने विज्ञप्तिमा जाईएको छ ।
कार्यक्रमको पहिलो श्रिङ्खला यहि जनवरी ८ तारिखका दिन शनिबार प्रसारण गरिने छ । कार्यक्रममा भूटान, नेपाल सहित अन्य देशमा समेत रहेका नेपाली भाषाी गजलकारहरुको गजल वाचन गरिने जनाईएको छ । गजल वाचन सहित कार्यक्रममा गजल कृतिहरूका चर्चा–परिचर्चा साथै गजलकारहरु संगका अन्तर्वार्ता समेत रहने उक्त प्रेस विज्ञप्तिमा जनाईएको छ । कार्यक्रममा हाल प्रायोजकको रुपमा पिट्सबर्ग पेन्सेलभेनियामा अवस्थित सेन्टर लाइट होम केयर रहने पनि जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here