रासन कटौती गरिएपछि भूटानी शरणार्थी गैरकानुनी बाटोमा: समाधान खोज्दै प्रधानमन्त्रीलाई पत्र

झापाको दमक क्षेत्रमा लागुपदार्थसहित भूटानी शरणार्थी पक्राउ पर्न थालेका छन्

0
669

भदौ ३१/
तेस्रो मुलुक पुनर्स्थापना भएर बाँकी रहेका पूर्वी नेपालका दुईवटा शिविरका भूटानी शरणार्थीले रासन कटौतीका कारण जीवन यापनका लागि गैरकानुनी बाटो अवलम्बन गर्न थालेकोमा भूटानी शरणार्थी अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् ।

भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (बी.आर.आर.आर.सी)ले शरणार्थीले लामो समयदेखि पाउँदै आएको रासन कटौती हुँदा जीवन यापनका लागि गैरकानुनी बाटोमा लाग्न थालेको जनाएको हो । झापाको दमक क्षेत्रमा लागुपदार्थसहित भूटानी शरणार्थी पक्राउ पर्ने कारण पनि रासन कटौती कारक रहेको शरणार्थि अगुवाहरुले बताएका छन् । पेट पाल्नकै लागि उनीहरूले आय आर्जनका लागि गैरकानुनी बाटो समातेको समितिका अध्यक्ष डा. भम्पा राईले बताउनु भयो । उहाँलेव प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै यसतर्फ सोचिदिन आग्रह गर्नु भएको छ ।

अपिल पत्र

दा. राईले प्रधानमन्त्री देउवालाई पत्रमा लेखेका छन् – ‘सबै राहत कटौती भएको छ । तर, यसबारेमा नेपाल सरकारले कुनै कदम चालेको छैन । सम्पूर्ण आधारभूत आवश्यकता आफै पूरा गर्नुपर्ने अवस्था छ तर यसका लागि वैधानिक कुनै आर्थिक आयआर्जनको बाटो छैन । यसले शरणार्थीलाई अवैधानिक बाटोमा लाग्न बाध्य तुल्याएको छ ।’
नयाँ शरणार्थीको पञ्जीकरण प्रक्रिया नैतिक रूपमा अघि नबढ्दा व्यापक अनियमितता भइरहेको दाबी समितिको छ । पुनर्वासका कारण पारिवारिक फुटले भौतिक र सामाजिक सुरक्षामाथि चुनौती थपिएको समितिको निष्कर्ष छ ।

समितिले स्वदेश फर्कन चाहने भूटानी शरणार्थीलाई स्वदेश फर्कने वातावरण बनाइदिन पनि सरकारसँग आग्रह गरेको छ । विगतमा भूटानसँग नेपालले पटक पटक वार्ता गरेको र असफल भएका कारण बहुपक्षीय वार्ता गर्न समितिले सुझाएको छ । नेपाल–भूटान मात्र होइन, भारत र शरणार्थीसम्बन्धी काम गर्ने संस्थासँगै भूटानी शरणार्थी प्रतिनिधिसहित बहुपक्षीय वार्ता गर्न सरकारलाई सुझाव दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here