चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पूरा (फोटोफिचर)

0
475

एजेन्सी- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को स्थापनाको १००औँ वर्ष पूरा भएको छ । सो अवसरमा चीनको राजधानी बेइजिङमा भब्य समारोहका साथ सीपीसीले स्थापना दिबस मनाएको छ ।

विशेष समारोहलाई चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव एवं चीनका राष्ट्रपति सी चिङफिङले सम्बोधन गर्दै चिनियाँ जनतालाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने उद्घोष गरे ।

बिहीबार बिहान राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै महासचिव सीले कुनै पनि विदेशी तागतले आफुहरुलाई धम्क्याउने, उत्पीडित गर्ने र आफ्नो बशमा पार्न नसक्ने बताए ।

चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका महासचिव सीले जनमुक्ति सेनालाई अझ उन्नत र शक्तिशाली बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

चिनियाँ कम्यनिष्ट पार्टीको कुल सदस्य सङ्ख्या नौ करोड ५० लाखभन्दा बढी पुगेको छ । सयौँ बार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको विवरण अनुसार चिनियाँ कम्युनिष्ट पार्टीमा अहिलेसम्म नौ करोड ५१ लाख ४८ हजार चिनियाँ नागरिक आवद्ध भएका छन् ।

विश्वकै प्रभावशाली पार्टीमध्ये मानिने चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१, जुलाई १ मा भएको थियो ।सुरुमा ५० जना जति सदस्यबाट स्थापना भएको यो चिनियाँ कम्युनिष्ट पार्टी अहिले विश्वकै सवैभन्दा ठूलो सत्तारुढ कम्युनिष्ट पार्टीको रूपमा रहेको छ ।

तस्वीरहरू : सिन्ह्वा ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here