युरोकपमा क्वाटरफाइनल शुक्रबारदेखि, पहिलो खेलमा स्पेन र स्वीट्जरल्याण्ड प्रतिस्पर्धामा

0
786

एजेन्सी- युरोकप फुटबलको क्वाटरफाइनल खेल शुक्रबारदेखि हुँदैछ । पहिलो क्वाटरफाइनल खेलमा शुक्रबार बेलुकी ९:४५ बजे स्पेन र स्वीट्जरल्याण्ड भिड्दैछन् ।

स्वीट्जरल्याण्ड अन्तिम १६ मा बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई पेनाल्टीमा पराजित गर्दै क्ववाटरफाइनलमा स्थान बनाएको हो भने स्पेन क्रोएसियालाई हराउँदै अन्तिम आठमा आइपुगेको हो ।

शुक्रबारकै दोस्रो खेलमा राति १२:४५ मा बेल्जियम र इटाली भिड्दैछन् । दुबै टोली अपराजित रहँदै अन्तिम आठमा पुगेको बेल्जियमले प्रि-क्वाटरफाइनलमा पोर्चुगललाई हराएको थियो ।

इटाली पनि अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको हो । उसले अन्तिम १६ मा अष्ट्रियालाई हराउँदा लगातार ३१ खेलसम्म अपराजित रहेको कीर्तिमानसमेत बनाएको थियो ।

फिफा वरीयतामा एक नम्बरमा रहेको बेल्जियम र इटालीको खेल निकै नै प्रतिस्पर्धात्मक हुने ठानिएको छ ।

यसपटक युरोकपको क्वाटरफाइनल बेल्जियम, इटाली, स्पेन, र स्वीट्जरल्यान्ड बाहेक डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेन पुगेका छन् । बलिया मानिएका टोली भने अप्रत्याशित नतिजासँगै अन्तिम १६ बाट बिदा भएका छन् ।

यस्तो छ क्वाटरफाइनल समीकरण :

शुक्रबार राति ९:४५ बजे – स्विट्जरल्यान्डविरुद्ध स्पेन

शुक्रबार राति १२:४५ बजे – बेल्जियमविरुद्ध इटाली

शनिबार राति ९:४५ बजे – चेक रिपब्लिकविरुद्ध डेनमार्क

शनिबार राति १२:४५ बजे – युक्रेनविरुद्ध इंग्ल्यान्ड

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here