अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषय होइन : परराष्ट्र मन्त्रालय

0
712

काठमाडौं – परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति राजनीतिक विषय नभएको प्रष्टीकरण दिएको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशयको पनि होइन ।’

ओलीले आइतबार भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्ज नजिकै ठोरीमा पर्ने दाबी गरेका थिए । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको टिप्पणी अयोध्याको महत्व र यसमा रहेको सांस्कृतिक मूल्यलाई कमजोर पार्नका लागि नभएको स्पष्ट पारेको छ ।

ओलीले सोमबार भानुजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा भगवान राम भारतका नभई नेपालकै वीरगञ्जपश्चिम ठोरियाका भएको बताएका थिए । लगत्तै त्यसको भारतीय सत्तारूढ दल भारतीय जनता पार्टीले आस्थामाथि खेलबाड नगर्न चेतावनी दिएको थियो भने नेपालभित्रै पनि उनको चर्को आलोचना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here