यस्तो माउस जो आवाजले चल्छ…

0
788

काठमाडौं – आवाज सुनेकै भरमा काम गर्ने माउस बजारमा आउदै छ भन्दा पत्याउनुहुन्छ ? अवश्य पनि पत्यार नलाग्ला ।

तर, तपाई हामीलाई अपत्यारिलो लाग्ने यस्तै काम गर्दैछ चिनियाँ कम्पनी शाओमीले । हो, शाओमीले चाँडै नै ल्याउन लागेको स्मार्ट माउसले प्रयोगकर्ताको आवाज सुनेर काम गर्नेछ । स्पिच रिकोग्निस, भाषा अनुवाद सपोर्ट र ४००० डीपीआई यस स्मार्ट माउसमा राखिएको कम्पनीले जनाएको छ।

कम्पनीको तर्फबाट बजाल ल्याइने भनेर सूचिबद्ध गरिएको एमआई पोर्टेबल वायरलेसको मोडल नम्बर XASB01ME कायम गरिएको छ । शाओमीको यो स्मार्ट माउस ब्लुटुथ ५.० भर्सनको सहयोगमा कनेक्ट हुनेछ। कम्पनीले यस माउसमा ईन बिल्ट रिचार्जेबल ब्याट्री प्रदान गर्नेछ। – एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here