नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो

0
688
तस्वीर : रासस

काठमाडौं- नेपालमा आइतबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ९१६ जनाको पीसीआर परीक्षण गर्दा संक्रमितको संख्या १६ हजार ८०१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा र उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ५८९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here