नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो

0
861
तस्वीर : रोयटर्स

२३ असार, काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार नाघेको छ ।

पछिल्लो २४ घन्टामा २०४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १६ हजार १६८ पुगेको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

गएको २४ घन्टामा आरटी पीसीआर टेस्ट ६ हजार १३३ जनाको परीक्षण गरिएको छ । यस्तै २ लाख ६१ हजार ८६१ जनाको पीसीआर भएको प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २५ हजार ७२७ र आइसोलेसनमा रहनेको संख्या ८ हजार ६३४ जना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here