भूटानी समूदायकी सहरा उर्मिलाको समवेदना तथा अन्तेष्ठी संस्कार (भिडियाे सहित)

डाक्टर राईको सहयोगमा जुट्न सामाजिक अगुवाको आग्रह

0
2058

एक्लिएका डाक्टर राईको सहयोगमा जुट्न सामाजिक अगुवाको आग्रह
२० असार २०७७/डिकेश लामा
भूटानी शरणार्थीको घर फिर्ती आन्दोलन देखि सामाजिक नेतृत्वमा अग्रणी भूमिका निर्वाह गर्दै आउनु भएका डा. भम्पा राईको धर्मपत्नी वितेको एक सातामा शनिबार किराती सँस्कृति अनुसार चोख्याउने र पूजा आजा गर्ने काम भएको छ । 

बेलडाँगी शरणार्थी शिविर वेलडाँगी स्थित मृतक उर्मिला राईको नातेदार शुरेश प्रधानको निवासमा आफन्तजन, मलामी तथा शरणार्थी समूदायका अग्रजहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । गत असार १३ गते विर्तामोडको सिटी सेन्टर अस्पतालमा मृत्यु हुनु भएका राई (प्रधान)को १४ गते झापाको कमल गाऊँपालिका वडा नं. ५ सितापुरीको उत्तर तर्फ जंगल क्षेत्रमा दाह संस्कार गरिएको छ ।
भूटानमा राजकीय सम्मान पाएका डाक्टर राईले नेपाली भाषी भूटानीका लागि सन् १९९० देखि देश छाडेर पूर्वी नेपालको भूटानी शरणार्थी बसोबास क्षेत्र दमकमा आएर जीवनको आधा भन्दा धेरै समय विताउनु भएको छ । नेपाली भाषी भूटानी ल्होछोम्पालाई देश निकाला गरे पछि आमाबुवा सहित श्रीमतिको साथमा देशबाट निकालिएका भूटानीलाई देश फर्काउँछु भनेर आएका राईले पिता आइतराज राई र माता सुनमाया राईलाई समेत शरणार्थी शिविरको बसाईमा गुमाउनु भयो ।

माता पिता गुमाएर श्रीमतीको साथ सहयोगबाट डाक्टर राईले सँधै भूटानीले दुःख पाउनु हुँदैन भन्दै स्वास्थ्य सेवा देखि सामाजिक सेवा र घर फिर्ती कार्याक्रमलाई उच्च प्राथमिकता दिँदै आउनु भयो । श्रीमान्को सहयोगमा अहोरात्र खट्दै आउनु भएकी उर्मिला राईको योगदानलाई नेपाली तथा भूटानी समूदायका अग्रजले उच्च मुल्याङकन गर्दै समवेदना प्रकट गर्नेहरु सातै भरी दैनिक भीड लागि नै रह्यो । ४ दशक समय डा. राईलाई साथ सहयोग दिँदै आउनु भएकी राईबारे समूदायले उच्च मुल्याङकन गरेको छ ।

शोकाकुल परिवारलाई सान्तवना दिन यस ग्लोवल पोष्ट इन्फो डट यूएसका प्रवन्ध निर्देशक डेन्जोम राईको सहयोग र सल्लाह बमोजिम नगद ३० हजार सहित समवेदना प्रटक गर्ने कार्य समेत भएको छ ।
भावी दिनमा डाक्टर राईको जीवन सफल र सुरक्षित बनाउन विभिन्न ८ वटा तेस्रो मुलुक पुगेका नेपाली भाषी भूटानीले समेत सहयोग गर्दै आएका छन् । श्रीमति गुमाएर एक्लो महषुश गर्दै आउनु भएका डा. राईलाई उहाँको अतुलनीयको योगदानको उच्च कदर गर्दै सवैले सहयोग गर्नु पर्ने सामाजिक अगुवाहरुले बताएका छन् ।

भिडियाे हेर्नका लागि कृपया तलकाे लिंकमा जानुहाेस् साथै डा. भम्पा राइकाे सहयाेगका लागि कृपया याे भिडियाे शेयर समेत गरी सहयाेग गरिदिन हुन अनुराेध गर्दछाैं ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here