सरिता गिरीलाई पार्टी सदस्य र सांसद् पदबाट निष्कासन – जनता समाजवादी पार्टी

0
816

२३ असार, काठमाडौं  नेतृ सरिता गिरीलाई समाजवादी पार्टीले निष्कासन गरेको छ । पार्टीले निष्कासन गरेपछि उनको सांसद पद पनि गएको छ ।

मंगलबार बसेको पार्टी पदाधिकारीको बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । पार्टीका महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको ३ सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा गिरीलाई कारबाही गरिएको हो । उनी सांसद पदबाट पनि पदमुक्त भएकी छिन् ।

पार्टीका सचिव मोहम्मद इतियाक राईले गिरीलाई पदबाट हटाइएको निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय गरिएको बताए । सांसद गिरीले लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको भएको बताएकी थिइन् । उनले सरकारले जारी गरेको नयाँ नक्साको पनि विरोध जनाएकी थिइन् ।

जेठ २७ गते समाजवादी पार्टीले निसान छाप परिवर्तन गर्न संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर, गिरीले असहमति जनाउँदै संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । संसदमा बोल्न नपाएपछि नेतृ गिरी बैठककै बीच संसदबाट बाहिरिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here