नेपालमा कोरोना : ७७ जिल्लाका १२ हजार ३०९ जना संक्रमित

0
796
तस्वीर : रोयटर्स

१३ असार, काठमाडौँ । नेपालका ७७ जिल्लाका १२ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमित भएका छन् ।

शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा रसुवामा ८ पुरुष र १ महिला गरी ९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार ३०९ पुगेको हो ।

थपिएका संक्रमितहरुमा उदयपुरका ७, इलामका ५ , मोरङ २ , धनुषाका ३ , महोत्तरीका ३० , पर्साका २, अछामका १३ , अर्घाखाँचीका १८ , बैतडीका २६, बझाङका ८ , बाजुराका ८६ , बाराका ८ , डडेलधुराका ८, डोटीका ७३, धादिङका ३ , गुल्मीका ८, जाजरकोटका १ , कैलालीका १४, कञ्चनपुरका ५, कपिलवस्तुका ८ , पर्साका १, रसुवाका ९, रौटहटका ३४, सल्यानका १३ , सर्लाहीका ६ र स्याङजाका २६ जना छन् ।

त्यसैगरी, चितवनका २ , नुवाकोटका ६ , मकवानपुरका २, बाराका ४ , पाँचथरका १ , काठमाडौँका ४, भक्तपुरका १ , नवलपरासी पूर्वका २, बाग्लुङका ८, पाल्पाका २६ , प्युठानका ४९, रुपन्देहीका ८ , बाँकेका २ , बर्दियाका ४ , दाङका ३१, रोल्पाका १ र सुर्खेतका ७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार नेपालका मुलुकका सबै जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । यस्तै १ सय ३६ जना निको भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here