रोनाल्डोको गोलमा युभेन्टसको सानदार जीत

0
736

१४ असार, काठमाडौं – सिरि ए फुटबलमा युभेन्ट्सले लिसीबिरुद्ध फराकिलो जीत आत्मसाथ गरेको छ ।

शुक्रबार राति भएको खेलमा युभेन्ट्सले लिसीलाई ४–० गोल अन्तरले हराएको हो । युभेन्ट्सको जीतमा पाउलो ड्याबाला, क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिग्विन र म्याथिज डी लिटले गोल गरे । ५३ औं मिनेटमा ड्याबालाको गोलमा घरेलु टोली युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका हिग्विनले ८३ औं मिनेटमा युभेन्ट्सलाई ३–० को अग्रता दिलाए । त्यसको दुई मिनेटमा डी लिटले हेडमार्फत चौथो गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे ।

रोनाल्डोकै पेनाल्टी गोलमा युभेन्ट्सले सोमबार बोलाग्नामाथि २–० को जित निकालेको थियो । रोनाल्डोले यस सिजनको लिगको २४ खेलमा २३ गोल गरेका छन् ।

जीतसंगै युभेन्ट्सले तालिकामा ७ अंकको अग्रता लिएको छ । ६९ औँ अंक जोडेको शीर्ष स्थानको युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग ७ अंकको अग्रता बनाएको छ । लिसी २५ अंकसहित रेलिगेशन जोनमा छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here