नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो

0
589
तस्वीर : रासस

१५ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै सोमबारसम्म नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४७६ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसहित डिस्चार्ज हुनेको संख्या ३१३४ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here