नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुग्यो

0
556

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ ।

एकै दिन थप ३८० जनामा संक्रमण पुष्टि भएसँगै मंगलबार नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षणका क्रममा ३८० जना संक्रमित थपिएका हुन् । यस्तै सोमबारसम्म १ हजार १५८ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा थप  ११७ जना उपचारपछि घर फर्किएका छन् ।

योसँगै विभिन्न अस्पतालको आइसोलेसनमा उपचारारत मानिसहरूको संख्या ५ हजार ५३१ रहेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म नेपालका ७३ जिल्लामा संक्रमण फैलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here