नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

0
566
तस्वीर : रासस

३ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।

एकै दिन थप जनामा संक्रमण पुष्टि भएसँगै बुधबार नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६  हजार ३७ जनाको पीसीआर परीक्षणका क्रममा ५८६ जना संक्रमित थपिएका हुन् । यस्तै बुधबार अपराह्नसम्म १ हजार १६७ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा थप ९ जना उपचारपछि घर फर्किएका छन् ।

योसँगै विभिन्न अस्पतालको आइसोलेसनमा उपचारारत मानिसहरूको संख्या ५ हजार ९९० रहेको छ । यस्तै संक्रमणका कारण अहिलेसम्म २० जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here