कोरोना भाइरसले विश्वभर ८१ लाखभन्दा बढी मानिस संक्रमित

0
410
तस्वीर : एपी

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर संक्रमित हुनेको संख्या ८१ लाख नाघेको छ ।

मंगलबार यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार ४०३ जनाको मृत्यु भएको छ । एकै दिन १ लाख २४ हजार ५८१ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ८१ लाख ३४ हजार ९९० पुगेको छ ।

संक्रमित ३४ लाख ४८ हजार ६६७ जनाको उपचार भइरहेको छ भने ४२ लाख ४७ हजार १११ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार दिउँसोसम्म १ लाख ८३ हजार ४४६ जनाको मृत्यु भएको छ ।

२२ लाख २९ हजार ४७० जना संक्रमित भएकोमा ११ लाख ८५ हजार ९४२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४६ हजार २१९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २५ लाख १२ हजार ४५६ पुगेको छ । त्यसमध्ये ११ लाख २ हजार ४२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४१ हजार ३५० जनाको मृत्यु भएको छ । १६ लाख ६५ हजार ९२२ जना संक्रमित भएकोमा १० लाख ४० हजार ६२९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६१ हजार ५६२ जनाको मृत्यु भएको छ । १४ लाख ६३ हजार १४० जना संक्रमित भएकोमा ७ लाख ९२ हजार ६०९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ६ हजार ७९६ जनाको ज्यान गएको छ भने २ लाख ५४ हजार ३०१ संक्रमित छन् । संक्रमितमध्ये १ लाख १६ हजार ७९६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९६० जना संक्रमित भएकोमा ८ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here