विदेशबाट नेपालीको उद्धार सुरू, म्यानमारबाट २६ जना आइपुगे काठमाडौं

0
748

काठमाडौं – कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारो परेका नेपालीको उद्धार सुरू भएको छ ।

शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं ल्याइएको छ । म्यानमार सेनाको विमानबाट आएका उनीहरुलाई नेपाली सेनाले तयार पारेको बसुन्धरास्थित एक पार्टी पालेसको होल्डिङ सेन्टरमा लगिएको छ ।

उनीहरू सबैको पीसीआर रिपोर्ट नेगेटिभ रहेकाले छिट्टै सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने तयारी भएको छ ।विदेशबाट उद्धार गरिएकालाई समस्या नहोस भने नेपाल टेलिकमले निःशुल्क सीम कार्डको ब्यवस्था गरेको छ ।

सरकारले शुक्रबार म्यानमारसँगै युएईबाट पनि १६८ जनालाई ल्याउने तयारी गरेको पनि युएईको उडान भने ढिला हुने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

नेपाली समय अनुसार यूएईबाट आउने विमान १२ बजे काठमाडौं अवतरण हुने भनिए कति बेला नेपाल आइपुग्ने टुंगो नभएको उनले जानकारी दिए । तर नेपालीलाई लिएर विमान भने आजै आउने उनले जानकारी दिए । विदेशबाट दैनिक २९ सय जनासम्म ल्याउने गरि तयारी पूरा भएपछि सरकारले शुक्रबारदेखि नेपालीको उद्धार सुरू गरेको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here